Wednesday, 17th June, 2026
वि.स.

बागमती प्रदेशमा आईसियुको संख्या बढाइन्छः मुख्यमन्त्री पौडेल

20201007_115725-1602078062.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसीयु संख्या बढाउने बताएका छन् ।  सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसङ्ग २१ असोजमा भएको छलफलमा उनले हाल गम्भीर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसीयुको संख्या बढाउनु पर्ने धारणा राख्नु भएको हो ।

प्रदेश सरकारले आईसोलेशन निर्माण एबम संचालन गरीरहेको जानकारी दिदै यसको नियन्त्रणका लागि प्रदेश सरकार जिम्मेवार भएर लागेको बताए । अन्य जिल्लामा संक्रमण कम भएपनि अहिले काठमाडौमा कोरोनाबाट थप सङ्कट उत्पन्न हुन सक्नेतर्फ संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा मुख्यमन्त्री पौडेलको जोड थियो ।

काठमाडौको सङ्क्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा आईसोलेशन निर्माण गरि काम गरीरहेको पनि उनले जानकारी दिए ।

यसैगरी कोरोना सङ्क्रमणकै कारण पनि शिक्षा क्षेत्रमा समस्याग्रस्त बनेको बिषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जिवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसङ्ग समन्वय र सहकार्य हुने बताए । 

हाल काठमाण्डौ लगायत ललितपुर, चितवन, दोलखा, काभे्र जिल्लामा प्रदेश मातहतका अस्पताल रहेका छैनन् । ति जिल्लामा आफ्ना मातहतका अस्पताल संचालन गर्न सोहि जिल्लामा रहेका एक एक वटा स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नती गर्न लागिएको छ । ती स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा बिकास गर्न नेपाल सरकारलाई पत्राचार गरीसकिएको प्रदेश सरकारले जनाएको छ ।

काठमाण्डौको कोरोना संक्रमितलाई राख्न प्रत्येक स्थानिय तहमा १००/१०० बेडको आइसोलेशन निर्माण भइसकेको छ । अहिले प्रदेशका अस्पतालहरुमा आवश्यकताअनुसार आईसियु र भेन्टिलेटरसहितको सुबिधा उपलब्ध गराईएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेशले कोरोना परिक्षणका लागि २ स्थानमा ल्याब सञ्चालन गरिरहेको र  ४ वटा तत्काल थप हुने भएका छन् भने सिन्धुली, भक्तपुर नुवाकोट र हेटौंडामा थप गर्न लागिएको छ । हाल प्रदेशमा ३ हजार २ सय ६० आइसोलेशन बेड, ६ सय ३० आइसियु बेड रहेका छन भने १ सय ९५ वटा भेन्टिलेटर बेड रहेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०