nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड, के–के समेटियो ?

kailasha-dhungel-1623761231.jpg

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोजन गरेको छ । प्रदेशसभामा १ असारमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ५७ अर्ब रुपैयाँ भन्दा धेरै रकमको बजेट सार्वजनिक गरेका हुन् । कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार बजेट छुट्याइएको छ ।

यसमा पुँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरिएको मन्त्री ढुंगेलले वताए । कुल विनियोजनमा चालु तर्फ ४५ प्रतिशत, पुँजिगत तर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको उनले वताए । आगामी आर्थिक वर्षको लागि अनुमान गरिएका खर्च व्यहोर्ने श्रोतमध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार रुपैयाँ, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्तख हुने १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ, विविध प्राप्ती १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्तर हुने अनुमान गरिएको मन्त्री ढुंगेलले वताए ।

आगामी आर्थिक वर्षको राजस्व नीति तथा करका दरहरु निर्धारण गर्दा कोभिड–१९ महामारीले मानव जीवनमा पारेको प्रभाव र यसको रोकथाम र नियन्त्रणको प्रयासबाट आर्थिक क्षेत्रमा पारेको संकटलाई मध्यनजर गरी करदाता तथा सेवाग्राहीलाई राहत एवम् सहुलियत सहित आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकता दिएको उनले वताए ।

कोभिड–१९ महामारी, रोकथाम र नियन्त्रण प्रयासको कारण प्रभावित क्षेत्रको करका दरमा समायोजन, छुट लगायतका सहुलियत प्रदान गरिने उनले वताए । करका संरचना तथा दरहरुलाई समय सापेक्ष बनाउँदै करको दायरा विस्तार, कराधार संरक्षण र राजस्व चुहावट नियन्त्रण गरिने वताइएको छ । राजस्व प्रणालीलाई थप प्रगतिशील, स्वच्छ, पारदर्शी, स्वचालित र अनुमानयोग्य बनाइने भएको छ । राजस्व प्रशासनमा सूचना प्रविधिको प्रयोग बढाई प्रकृयागत सरलीकरण, व्यवसायिक, दक्ष र सुदृढ राजस्व प्रणालीको विकास गरिनेछ।

बागमती प्रदेशका स्थानीय तहमा समपूरक अनुदानमा २ अर्ब ९२ करोड बजेट

बागमती प्रदेशका स्थानीय तहमा समपूरक अनुदानमा २ अर्ब ९२ करोड बजेट बिनियोजन गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गर्दै झण्डै तीन करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको हो । प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, बमोजिम स्थानीय तहबाट प्रस्ताव भई आएका ३ सय ९ वटा योजना तथा कार्यक्रम कार्यान्वयनको लागि समपूरक अनुदानतर्फ २ अर्ब ९२ करोड रुपैयाँ बजेट व्यवस्था गरेको उनले वताए ।

प्रदेश भित्रका स्थानीय तहहरुबाट प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, बमोजिम प्रस्ताव भई आएका ९१ वटा योजना तथा कार्यक्रम सञ्चाअलनको लागि विशेष अनुदानतर्फ ४२ करोड रुपैयाँ बजेट व्यवस्था गरेको उनले वताए । प्रदेश सरकारका विषयगत मन्त्रालय र निकायबाट सन्तुलित रुपमा छनौट भई आएका आयोजना र कार्यक्रममा सशर्त अनुदानतर्फ २ अर्ब ६६ करोड बजेट उपलब्ध गराउने व्यवस्था मिलाएको मन्त्री ढुंगेलले वताए ।

कुल सशर्त अनुदान मध्ये शिक्षा तथा स्वास्थ्यतर्फका कार्यक्रमको लागि ६९ करोड, कृषि तथा सहकारीतर्फका कार्यक्रमको लागि २७ करोड लगायत अन्य भौतिक पूर्वाधारसँग सम्वन्धित कार्यक्रम सञ्चाीलनका लागि १ अर्ब ७० करोड वित्तीय हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ । प्रदेश सरकारबाट संकलन भई प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने सवारी साधन करमध्ये १ सय १९ स्थानीय तहलाई कुल ४ अर्ब ३३ करोड राजस्व बाँडफाँट हुने अनुमान गरिएको छ ।

बागमती प्रदेशका नागरिकलाई खोप लगाउन दुइ अर्ब बजेट

बागमती प्रदेशका हरेक उमेर समुहका नागरिकलाई खोप लगाउनका लागि प्रदेश सरकारले बजेट छुट्याएको छ । प्रदेश सरकारले खोप खरिद गर्नका लागि मात्र दुइ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । कोभिड महामारी विरुद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्या उन प्रदेश प्रमुख कोभिड– १९ खोप कार्यक्रम मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेश भित्रका सबै नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गर्न २ अर्ब बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताए ।

कोभिड –१९ महामारीमा उपचार, रोकथाम र नियन्त्रणको लागि अग्रपङ्गतिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका जनशक्तिलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको उहाँले वताए । कोभिड–१९ बाट उत्पन्ना स्वास्थ्य जोखिमबाट सुरक्षित हुने गरी खानेपानी तथा सरसफाईका गतिविधिहरुलाई एकीकृत रुपमा सञ्चा्लन गर्न र पूर्ण सरसफाई कार्यक्रम कार्यान्वयनमा ल्याउन आवश्यक बजेट व्यवस्था गरिएको मन्त्री ढुंगेलले वताए । कोभिड पश्चाातको पुनरुत्थानको आधारः पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगारू भन्ने सोचलाई आत्मसात् गर्दै कोभिड १९ महामारीबाट सिर्जित जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गराउँदै नागरिकको जिउधनको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी पूर्वाधार विकास निर्माणको कार्य अगाडि बढाइने भएको छ।

कोभिडको कारण रोजगार गुमाएका, बेरोजगार भएका, विदेशबाट फर्किएका तथा सीमान्तकृत समुदाय र आर्थिक रूपमा विपन्न युवा जनशक्तिलाई कृषि, उद्योग तथा सेवा क्षेत्रमा आकर्षित गर्न ‘मेरो गाउँ उद्यम सहित जिउँने ठाउँ’ भन्ने अभियान मार्फत् स्थानीयस्तरमा नै रोजगारी सिर्जनाका लागि साझेदारीमा क्षमता विकास, प्राविधिक सीप प्रदान सम्बन्धी कार्यक्रम सञ्चामलन गर्न आवश्यक बजेट व्यवस्था गरिएको उनले वताए ।

कोभिड–१९ महामारीबाट प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्यूनीकरण गर्न लक्षित वर्ग र क्षेत्र विशेषमा पुनरुत्थान र पुनर्भरण कार्यक्रम सञ्चा्लन गरिने छ । बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा प्रदेश सरकारबाट सञ्चाालित उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिन २ अर्ब बजेट विनियोजन गरिएको उनले वताए ।

कोभिड १९ महामारीले उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा पारेको असरलाई सम्बोधन गर्न “जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित” भन्नेप सोचसहित युवाहरुमा उद्यमशिलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायत युवालाई प्रोत्साहान गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । चालिस वर्ष मुनि उमेर समूहका युवाहरुलाई लक्षित गरी सरल सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायतका उद्यमी क्षमता अभिवृद्धि कार्यक्रमको लागि बजेटको व्यवस्था गरिएको छ ।

प्रदेशपूर्वाधार बिकास कार्यक्रम खारेज, पूर्वाधार, स्वास्थ्य पूर्वाधार र उपकरण खरिदमा २ अर्ब ४२ करोड बजेट

बागमती प्रदेशमा प्रदेशपूर्वाधार बिकास कार्यक्रम खारेज गरिएको गरिएको छ । तर, भौतिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार र उपकरण खरिदमा २ अर्ब ४२ करोड बजेट जस्ता कोभिड–१९ प्रभाव न्यूनीकरण गर्ने प्रकृतिका आर्थिक पुर्नस्थापनाका कार्यक्रमहरु सञ्चारलन गर्न २ अर्ब ४२ करोड बजेट बिनियोजन गरिएको छ ।

“प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई” खारेजी गरी कोभिड– १९ को प्रभाव न्यूनीकरण गर्दै जनताको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्य सहित “प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रम” कार्यान्वयन गरिने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो । यस कार्यक्रम मार्फत भौतिक पूर्वाधार निर्माण लगायत स्वास्थ्य पूर्वाधार संरचना, उपकरण खरिद जस्ता कोभिड १९ प्रभाव न्यूनीकरण गर्ने प्रकृतिका आर्थिक पुर्नस्थापनाका कार्यक्रमहरु सञ्चोलन गर्न लागिएको उनले वताए ।

बागमतीमा कोरोनाका कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक ३ हजार भत्ता

बागमती प्रदेश सरकारले कोभिड–१९ को कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक ३ हजार रुपैयाँका दरले शैक्षिक तथा सामाजिक भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक २ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताए ।

नेपाल सरकार तथा बागमती प्रदेशका जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार मिति २०७८ बैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञाको कारण उद्योग, व्यापार, होटल, ट्राभल टुर्स, ट्रेकिङ्ग, पर्यटन व्यवसाय, सवारी साधन, सञ्चागर गृह लगायतका फर्मरव्यक्तिले दर्ता गरेको सरकारी निकायबाट नवीकरण तथा खारेजी सम्बन्धी सेवा लिदा तोकिए वमोजिम लाग्ने वा तिर्नुपर्ने कर, दस्तुर, शुल्क तथा जरिवाना समयमा तिर्न नसकेकाको हकमा सम्बन्धित जिल्लामा पूर्णरुपमा निषेधाज्ञा हटेको मितिले ६० दिन भित्र दाखिला गर्न आएमा तोकिए वमोजिम लाग्ने कर, दस्तुर र शुल्क बाहेक थप जरिवाना वा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

कोभिड–१९ महामारी दोस्रो लहरको प्रकोप बढेसँगै सार्वजनिक यातायात सञ्चायलन गर्ने व्यक्ति तथा फर्मले सवारी साधन कर संवत् २०७८ फागुन मसान्तभित्र बुझाएमा नवीकरण दस्तुर छुट दिई नवीकरण गर्ने व्यवस्था मिलाएको छ।

हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाकनलाइ आधुनिक र सुविधा सम्पन्नय बनाइने

बागमती प्रदेश सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठायनलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरणको व्यवस्था गर्न बजेट बिनियोजन गरेको छ । प्रतिष्ठानमा थप विधाका शैक्षिक कार्यक्रम सञ्चाकलनमा ल्याउन आवश्यक बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले वताए ।

उक्त प्रतिष्ठागन मातहत रहेको हेटौडा अस्पतालको भवन निर्माण लगायत स्वास्थ्य सम्बन्धी पूर्वाधार विकास गर्न प्रदेश सार्वजनिक निर्माण कार्यक्रमतर्फ बजेट विनियोजन गरिएको छ । प्रदेश सभाका सदस्य स्वर्गीय पशुपति चौलागाईको सम्मान स्वरुप दोलखा जिल्लामा रहेको चरिकोट अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गरी सुबिधा सम्पन्नल अस्पतालको रुपमा विकास गर्न आवश्यक बजेटको ब्यबस्था गरिएको छ ।

मातृ तथा बाल स्वास्थ्य, किशोर–किशोरी, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै प्रदेश भित्र बसोबास गर्ने सबै नागरिकलाई सहज स्वास्थ्य र खोप सेवामा पहुँच पुर्यामउने कार्यलाई सहयोग पुग्ने गरी बजेटको व्यवस्था गरिएको छ । वैकल्पिक चिकित्सा पद्धतिको माध्यमबाट नागरिकलाई स्वस्थ बनाइराख्नो आयुर्वेद चिकित्सा, होमियोपेथिक, क्षारसुत्र, योग, पञ्चनकर्म लगायतका कार्यक्रम सञ्चा्लन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले वताए ।

प्रदेश अन्तर्गतका आयुर्वेद केन्द्रको भौतिक पूर्वाधार विकास, उपकरण तथा जनशक्तिको उचित व्यवस्थापन गरी वैकल्पिक चिकित्सा सेवा समेत प्रदान गर्न हेटौडा, नुवाकोट, ललितपुर र रामेछाप जिल्लामा रहेका आयुर्वेद केन्द्रलाई आयुर्वेद अस्पतालमा तथा चितवन जिल्लामा रहेको आयुर्वेद केन्द्र, रत्नलनगरलाई वैकल्पिक चिकित्सा सेवा समेत प्रदान गर्ने गरी प्रादेशिक आयुर्वेद अस्पतालमा स्तरोन्न‍ति गर्न बजेटको व्यवस्था गरिएको छ ।

स्थानीय तहका ३ सय ५९ वटा सामुदायिक माध्यमिक विद्यालयहरूमा हाल कार्यान्वयनमा रहेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको छ। यसरी नियुक्त भएका स्वास्थ्यकर्मीलाई कोभिड १९ लगायत सरूवा रोगको रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन र अस्पताल एवम् स्वास्थ्य संस्थामा समेत आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्था मिलाएको छ। साथै आगामी वर्ष यस कार्यक्रमलाई थप सामुदायिक माध्यमिक विद्यालयहरूमा समेत विस्तार गर्ने गरी २६ करोड बजेट विनियोजन गरिएको छ ।

हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठालनलाइ आधुनिक र सुविधा सम्पन्नर बनाइने

बागमती प्रदेश सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठायनलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरणको व्यवस्था गर्न बजेट बिनियोजन गरेको छ । प्रतिष्ठानमा थप विधाका शैक्षिक कार्यक्रम सञ्चाकलनमा ल्याउन आवश्यक बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले वताए ।

उक्त प्रतिष्ठागन मातहत रहेको हेटौडा अस्पतालको भवन निर्माण लगायत स्वास्थ्य सम्बन्धी पूर्वाधार विकास गर्न प्रदेश सार्वजनिक निर्माण कार्यक्रमतर्फ बजेट विनियोजन गरिएको छ । प्रदेश सभाका सदस्य स्वर्गीय पशुपति चौलागाईको सम्मान स्वरुप दोलखा जिल्लामा रहेको चरिकोट अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गरी सुबिधा सम्पन्नल अस्पतालको रुपमा विकास गर्न आवश्यक बजेटको ब्यबस्था गरिएको छ ।

मातृ तथा बाल स्वास्थ्य, किशोर–किशोरी, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै प्रदेश भित्र बसोबास गर्ने सबै नागरिकलाई सहज स्वास्थ्य र खोप सेवामा पहुँच पुर्यामउने कार्यलाई सहयोग पुग्ने गरी बजेटको व्यवस्था गरिएको छ । वैकल्पिक चिकित्सा पद्धतिको माध्यमबाट नागरिकलाई स्वस्थ बनाइराख्नो आयुर्वेद चिकित्सा, होमियोपेथिक, क्षारसुत्र, योग, पञ्चनकर्म लगायतका कार्यक्रम सञ्चा्लन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले वताए ।

प्रदेश अन्तर्गतका आयुर्वेद केन्द्रको भौतिक पूर्वाधार विकास, उपकरण तथा जनशक्तिको उचित व्यवस्थापन गरी वैकल्पिक चिकित्सा सेवा समेत प्रदान गर्न हेटौडा, नुवाकोट, ललितपुर र रामेछाप जिल्लामा रहेका आयुर्वेद केन्द्रलाई आयुर्वेद अस्पतालमा तथा चितवन जिल्लामा रहेको आयुर्वेद केन्द्र, रत्नलनगरलाई वैकल्पिक चिकित्सा सेवा समेत प्रदान गर्ने गरी प्रादेशिक आयुर्वेद अस्पतालमा स्तरोन्न‍ति गर्न बजेटको व्यवस्था गरिएको छ ।

स्थानीय तहका ३ सय ५९ वटा सामुदायिक माध्यमिक विद्यालयहरूमा हाल कार्यान्वयनमा रहेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको छ। यसरी नियुक्त भएका स्वास्थ्यकर्मीलाई कोभिड १९ लगायत सरूवा रोगको रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन र अस्पताल एवम् स्वास्थ्य संस्थामा समेत आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्था मिलाएको छ। साथै आगामी वर्ष यस कार्यक्रमलाई थप सामुदायिक माध्यमिक विद्यालयहरूमा समेत विस्तार गर्ने गरी २६ करोड बजेट विनियोजन गरिएको छ ।

बागमती प्रदेशभित्र खेलकुद पूर्वाधारको निर्माणमा २९ करोड बजेट

बागमती प्रदेशभित्र निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्ष भित्र सम्पन्नह गर्न २९ करोड बजेट विनियोजन बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले यो बजेटको व्यवस्था गरिएको हो । निर्माण सम्पन्न भएका रङ्गशाला र कभर्ड हलहरूको संरक्षण, सञ्चोलन र व्यवस्थापन प्रदेश खेलकुद विकास परिषद् र स्थानीय तहबीचको सहकार्य र साझेदारीमा गर्ने व्यवस्था मिलाएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताए ।

प्रदेश युवा परिषद् मार्फत युवाहरूमा सीप, शिक्षा र उद्यमशीलता विकास गरिनेछ। प्रदेश भित्रका मौलिक ज्ञान तथा परम्परागत प्रविधिको स्तरोन्नति तथा व्यावसायीकरणमा प्रोत्साहित गर्ने कार्यक्रम कार्यान्वयन गर्न बजेटको व्यवस्था गरिएको छ । बालबालिका तथा युवालाई लक्षित गरी लागुऔषध दुर्व्यसन, जातीय विभेद, सामाजिक कुरीति, यौनिक तथा घरेलु हिंसा, मानव बेचविखन र विद्युतीय अपराध विरूद्ध सचेतना जगाउन ‘हाम्रो ध्यान युवा सचेतना अभियान’कार्यक्रम सञ्चाालन गर्ने व्यवस्था मिलाएको छ।

बागमती प्रदेशका दूध उत्पादक किसानका लागि १६ करोड

बागमती प्रदेशका दूध उत्पादक किसानका लागि १६ करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएको छ । बागमती प्रदेश भित्रका १३ वटै जिल्लामा दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान प्रणालीलाई निरन्तरता दिदै वित्तीय संस्था मार्फत दूध उत्पादक कृषकहरूको बैंक खातामा सोझै रकम जम्मा हुने गरी १६ करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताए ।

गरिब किसानको साथमा बागमती प्रदेश सरकार भन्नेन अभियानका साथ यस प्रदेशमा रही निरन्तर कृषि, पशुपन्छी तथा मत्स्यपालन व्यवसायमा संलग्न साना, निर्वाहमुखी, विपन्नब र सीमान्तकृत समुदायका किसानहरूको लागि प्राविधिक सहयोग सहित जीविकोपार्जन सुधार कार्यक्रम सञ्चारलन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । बाझो जमिनको प्रयोग, उत्पादनमा सहयोग भन्नो सोचका साथ आर्थिक वर्ष २०७७–०७८ देखि सञ्चोलन भइरहेको बाँझो जमिनमा खेतीको लागि प्रोत्साहन कार्यक्रम निरन्तरताको लागि बजेट व्यवस्था गरिएको छ ।

प्रदेश भित्र उत्पादित फलफूल, तरकारी लगायतका कृषि उपज भण्डारणका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको साझेदारीमा निर्माणाधीन १७ हजार ७ सय मेट्रिक टन क्षमता भएका शीत भण्डारहरु आगामी आर्थिक वर्षमा निर्माण सम्पन्नर गरी सञ्चािलनमा ल्याउन बजेट विनियोजन गरेको उनले वताए ।

मकवानपुर जिल्लामा निर्माणाधीन दूध पाउडर प्लान्ट, प्रादेशिक कृषि थोक बजार र चितवन जिल्लामा चक्लेट सहितको दूध प्रशोधन केन्द्र आगामी आर्थिक वर्षमा निर्माण सम्पन्नब गरी सञ्चाालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको मन्त्री ढुंगेलले वताए । सम्भाव्यता, औचित्यता र आवश्यकताका आधारमा कृषि, पशुपन्छी र मत्स्य उत्पादन पकेट क्षेत्रको अवधारणामा खाद्यान्नर, तरकारी, नगदे बाली, फलफूल, माछा, मासु, अण्डा, दूध, च्याउ, महजस्ता कृषि९पशुपन्छी उपजहरुको विशिष्टीकृत उत्पादन क्षेत्र निर्धारण गरी अभियानको रुपमा सिन्धुलीको दुधौली, चितवनको माडी, नुवाकोटको लिखु र पञ्चनकन्या, सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची तथा दोलखाको गौरीशंकरमा सञ्चानलित सामूहिक खेती प्रर्वद्धन कार्यक्रमको निरन्तरता र दिगोपनाको लागि बजेट व्यवस्था गरिएको छ।

कृषि उपजहरुको उत्पादनोपरान्त हुने क्षतिको न्यूनीकरण तथा सुरक्षित भण्डारण गर्न स्थानीय तहको साझेदारी र समन्वयमा समूह, सहकारी तथा निजी क्षेत्रबाट संचालन हुने गरी फेव्रिकेटेड कोल्ड च्याम्बर, कृषि उपज संकलन केन्द्र तथा रष्टिक हाउस निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिएको ढुङ्गेलले वताए। कृषि उत्पादन र बजारीकरणमा देखिएको असन्तुलन तथा कृषकले उचित मूल्य नपाउने गुनासो न्यूनीकरण गर्न कृषि क्षेत्रको मुख्य बालीहरुको न्यूनतम समर्थन मूल्य कायम गरी बिक्री नभएका कृषि उपजहरु संघीय सरकारको समन्वय तथा स्थानीय तहसँगको सहकार्यमा विभिन्न् जिल्लाहरुमा भएका गोदाम घरमा भण्डारण गरी बिक्री वितरण व्यवस्थित गर्ने कार्यको आवश्यक बजेट विनियोजन गरिएको उनले वताए ।

मकवानपुरको भीमफेदी–कुलेखानी सुरुङ्ग मार्ग निर्माण गर्न ७५ करोड बजेट

मकवानपुरको भीमफेदी–कुलेखानी सुरुङ्ग मार्ग निर्माण गर्न ७५ करोड बजेट छुट्याइएको छ । संघीय सरकारको लगानीमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो । प्रदेश गौरवको आयोजनाको रुपमा रहेको पोष्ट बहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ्ग मार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा शुरु गरिने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताए ।

चितवनको नारायणी खगेरी सिंचाइ प्रणालीको ईम्ब्यांकमेन्टमा मेट्रो रेल, ट्राम जस्ता सम्भाव्य यातायातको लागि अध्ययन कार्य प्रारम्भ गरिने उनले वताए । प्रदेश राजधानी हेटौडा–भरतपुर–मेघौली जोड्न मेट्रो रेल, ट्राम जस्ता यातायात सञ्चाभलनको पूर्व सम्भाव्यता अध्ययनको लागि बजेटको प्रबन्ध मिलाएको उहाँले वताउनुभयो । मदन भण्डारी मार्ग भैसे –भिमफेदी– कुलेखानी–सिस्नेरी–दक्षिणकालीको कुल ५३ किलोमिटर मध्ये भैंसे–भीमफेदी ११ दशमलब ५० किलोमिटर सडक खण्ड दुई लेनमा स्तरोन्नलति गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्नद गरिने उनले वताए।

कुलेखानीदेखि दक्षिणकालीसम्मको सडक आगामी आर्थिक वर्षमा सम्पन्न् गर्न र बाँकी २१ किलोमिटर सडकलाई दुई लेनमा स्तरोन्निति गर्ने कार्य समेतको लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री ढुंगेलले वताउनुभयो । “प्रादेशिक लोकमार्ग” कार्यक्रममा पुष्पलाल चक्रपथ अन्तर्गतका सडकहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिने नीतिलाई निरन्तरता दिदै प्रादेशिक सडक आयोजनाहरु कार्यान्वयन गर्न एक अर्व २९ करोड बजेट विनियोजन गरिएको छ ।

“मुख्यमन्त्री प्रादेशिक सडक कार्यक्रम” अन्तर्गत प्रदेशको मुख्य आर्थिक तथा बजार केन्द्र, धार्मिक, ऐतिहासिक, पर्यटकीय, औद्योगिक तथा अन्य महत्त्वका स्थलहरु जोड्ने रणनीतिक सडक वा उपमार्ग ९बाईपास० जस्ता आयोजनाहरुका लागि ३ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश भित्र रहेका शहरका मुख्य स्थान, शहरी चक्रपथ, कृषि बजार केन्द्र, शिक्षा र स्वास्थ्य केन्द्र जोड्ने तथा तत्काल प्रतिफल र रोजगारी सृजना गर्ने सडक आयोजनाहरुका लागि शहरी तथा स्थानीय सडक कार्यक्रममा १ अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ । प्रादेशिक सडक पुल कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षमा सडक पुल तथा झोलुंगे पुल निर्माणको लागि एक अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । सडक सौन्दर्यीकरण तथा भूक्षय नियन्त्रणका लागि बायो ईन्जिनियरिङ्ग प्रविधि प्रयोग गरिनेछ। सडकमा हुने सवारी तथा पदयात्री दुर्घटना न्यूनीकरणका लागि सुरक्षाका संरचनाहरु निर्माण गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको वताए ।

हेटौडालाई प्रदेश सरकारका सुविधा सम्पन्नक बनाउन ९७ करोड बजेट

हेटौडालाई प्रदेश सरकारका सुविधा सम्पन्न बनाउन ९७ करोड बजेट छुट्यायएको छ । प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना मार्फत बागमती प्रदेशको राजधानी हेटौडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरुको निर्माण गर्न ९७ करोड बजेट विनियोजन गरिउको आर्थिक मामिला तथा योजना मन्त्र िकैलाश प्रसाद ढुंगेलले वताए ।

प्रदेश सभा हल एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभा हल निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्नल गर्न आवश्य क बजेट व्यवस्था गरिएको छ । शहरी सडक पूर्वाधार सुधार, समुन्ननत जीवनको आधार कार्यक्रमको लागि प्रदेश स्थित शहरी क्षेत्रका सडकहरुलाई स्तरयुक्त बनाउन दिगो शहरी सडक सुधार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ । नेपाल सरकारसँगको समन्वयमा चितवन जिल्लास्थित माडीको अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्या९पर्यटकीय शहरको रुपमा विकास गर्न गुरुयोजना तयार गर्नुको साथै वैकुण्ठधाम मार्ग, अयोध्या वाटिका, राम सीता उद्यान, हनुमान झुला, नदी व्यवस्थापन लगायतका निर्माण कार्य अगाडी बढाउने व्यवस्था मिलाएको छ।

बागमती प्रदेशमा आम संचार गृह स्थापना र सञ्चामलन गर्न १० करोड बजेट

बागमती प्रदेशमा आम संचार गृह स्थापना र सञ्चागलन गर्न १० करोड बजेट छुट्याइएको छ । आगमी आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेश सरकारको आफ्नै सञ्चारगृह स्थापना गर्नका लागि दश करोड रुपैयाँ बजेट छुट्याएको वताउनुभयो । प्रदेश भित्रको सूचना तथा संचारलाई प्रभावकारी, व्यवस्थित र अनुशासित बनाउन सूचना बैङ्क सञ्चाशलन तथा व्यवस्थापनको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । साथै प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा रहने गरी आम संचार गृह स्थापना र सञ्चारलन गर्न रु। १० करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश भित्रका सबै जिल्ला र स्थानीय तहहरुमा निःशुल्क कानूनी तथा न्यायिक सहायता सञ्चापलन तथा व्यवस्थापन कार्यक्रम कार्यान्वयनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारलाई जनता प्रति उत्तरदायी एवम् जवाफदेही बनाउन संचार माध्यमसँगको सहयोग एवम् सहकार्यमा सञ्चातलित ूजनता सामु प्रदेश सरकार कार्यक्रमू लाई निरन्तरता दिने गरी बजेट व्यवस्था गरिएको उनले वताए । प्रदेश भित्र शान्ति सुरक्षा कायम गर्न र अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्न प्रदेश प्रहरीलाई व्यवस्थित गर्दै सुबिधा सम्पन्नअ र प्रविधिमैत्री बनाउन प्रहरी भवन पूर्वाधार निर्माण कार्य निरन्तरताको लागि ५ करोड बजेट विनियाेजन गरिएकाे छ । जनपत्रकाे सहयाेगमा ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)