Wednesday, 17th June, 2026
वि.स.

बागमती गाउँपालिकामा ३ जना स्वास्थ्यकर्मी सहित १३ जनामा कोरोना पुष्टि

corona-photo-1602482075.jpg

पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा पहिलोपटक ३ जना स्वास्थ्यकमी र २ जना गाउँपालिकामा कार्यरत कर्मचारी सहित थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार राती आएको रिपोर्टमा बागमती गाउँपालिकाका १३ जना रहेका छन् । जसमा ३ जना स्वास्थ्यकर्मी र २ जना गाउँपालिकामा कार्यरत कर्मचारी समेत रहेका छन् ।

गाउँपालिकाका स्वास्थ्य संयोजक दिनेश गुप्ता अनुसार गाउँपालिकामा शुक्रबार संकलन गरिएको ८४ जनाको स्वाब परीक्षणमा १३ जनामा पुष्टि भएको छ ।

यो संगै गाउँपालिकामा कोरोना पुष्टि हुनेको संख्या २४ पुगेको छ । यहाँ हालसम्म कोरोनाबाट एक जनाको ज्यान गएको छ भने ४ जना संक्रमण मुक्त भएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०