Saturday, 20th June, 2026
वि.स.

बकैया नेपालकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा

bakaiyaa-1613111485.jpg

 मकवानपुरको बकैया गाउँपालिका देशको दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ। आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुर जिल्लाको बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गर्नु भएको हो ।

पौडेलले देशमै दोस्रो बालमैत्री बनेकोमा बधाइ दिदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न आग्रह गर्नु गरे । अहिले घोषणाको शुभकामना दिइरहँदा यसलाई यो घोषणा मात्र नहोस् भन्दै उनले बालमैत्री सूचकको निरन्तर निगरानी राख्न समेत आग्रह गरे ।

बालमैत्री सूचकहरूभित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता महत्वपूर्ण कुरा भएकोले गाउँपालिकाका सबै पक्षहरूले यसलाई ध्यान दिनुपर्नेमा जोड दिए। उनले बालमैत्री घोषणा गर्नुमात्र ठूलो नभएकाले स्थानीय सरकारले हरेक रूपमा बालबालिकाको हितमा लाग्नुपर्ने बताए ।

बागमती प्रदेशका प्रतिपक्ष दलकाका नेता इन्द्र बानियाँले बधाइ दिदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न आग्रह गरे। दोस्रो गाउँपालिका घोषणा हुनु मात्रै सफल भएको ठाँन्न नहुने भन्दै निरन्तर काम गर्न आग्रह गरे।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले घोषणा हुँदै गर्दा जिल्ला समन्वयले अनुगमन गर्दा पालिकाले सबै सुचाकहरु पूरा गरेको बताए। घोषणा मात्रै ठुलो कुरा नभइ आगामी दिनमा गर्ने कामहरु निरन्तर गर्न आग्रह गरे। उनले सम्मुनत समाज निर्माण गर्नको लागि स्वास्थ्य शिक्षा सङै समग्र रुपको बिकास गर्नु आवश्यक रहेको बताए।

बालमैत्री पालिका घोषणाको लागि गाउँपालिकाले ९ वटै वडामा बाल सञ्जाल, बालमैत्री शाखा बनाएर अभियानलाई अघि बढाएको छ। गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको घोषणासभामा बागमती प्रदेशका प्रतिपक्षका नेता इन्द्र बानियाँ, प्रदेश सभा सदस्य जुनेलि श्रेष्ठ,जिल्लासमन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भीमफेदी गाउँपालिका अध्यक्ष उपाध्यक्ष पार्बती राना मगर , बागमती गाउँपालिकाका उपाध्यक्ष धन माया श्याङ्तान लगायतको उपस्थिति थियो।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०