nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 11th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रविधिमय बन्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका

Indrasarobar-1620185381.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आफ्नो सूूचना तथा सेवा प्रवाहलाई प्रविधिमय बनाउँदै सेवा प्रवाह थालेको छ । दैनिक कामकाज, आर्थिक कारोवार लगायतका सेवा प्रवाहहरुलाई प्रविधिमय बनाई सेवा तथा अभिलेख व्यवस्थापनलाई चुस्त, दुरुस्त एवं पारदर्शी बनाउने उदेश्यले गाउँपालिकाले प्रविधि अवलम्बन थालेको हो । 

गाउँपालिका क्षेत्र भित्रका ५ वटै वडा कार्यालय, ५ वटै स्वास्थ्य चौकी, ३ वटै प्रहरी चौकी, ६ वटै माध्यमिक विद्यालय र गाउँपालिकाको कार्यालयमा समेतमा अप्टिकल फाइवर सहित द्रुत गतिको इन्टरनेट विस्तार कार्य सम्पन्न भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत राजन खतिवडाले जानकारी दिए । तहको महत्वपूर्ण क्षेत्रहरुमा अप्टिकल फाइवर सहित द्रुत गतिको इन्टरनेट विस्तार गर्न सफल हुनेमा सम्भवत् मकवानपुरकै स्थानीय तहहरु मध्ये इन्द्रसरोवर पहिलो रहेको खतिवडाको दाबी छ । 
 
सुचना तथा जानकारीहरुमा सरोकारवालाहरुको पहुँच सहज बनाउनको लागि विद्युतीय सुशासन सहितको स्मार्ट स्थानीय तहको परिकल्पनालाई साकार बनाउन गाउँपालिकाकाले उदाहरणीय काम गरेको गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । वि.सं. २०७७ साल मंसिरबाट सुरु गरेको इन्टरनेट बिस्तारको कार्य २०७७ माघमा सम्पन्न भएको पालिकाले जनाएको छ । 

यसैबीच गाउँपालिकाले प्रविधिलाई अंगाल्दै जाँदा इन्द्रसरोवरबासीलाई सेवा प्रवाह र सूचनाको पहुँचमा निक्कै नै सहजता भएको पालिकाले जनाएको छ । करिब १७ हजार जनसंख्या रहेको इन्द्रसरोवरमा इन्टरनेट सेवा विस्तारले सरकारी तथा सार्वजनिक संस्थाहरुबाट सञ्चालन हुने सेवा प्रवाह नागरिकलाई सहजता पुगेको पालिकाको विश्वास छ । 

कार्यालयका चिठी, प्रतिवेदन, फारम, गतिविधि, योजना, बैठकका निर्णय लगायत विविध विषयहरुलाई कम्प्यूटरमा प्रविष्ट गरि मागेको समयमा सूचना दिने व्यवस्था गरिएको छ । साथै प्रत्येक कोठामा डेस्कटप र प्रिन्टरको व्यवस्था गरिएको जनाइएको छ । गाउँपालिकाले कागजी प्रयोगलाई कम गर्न प्रोत्साहन दिदै वेभसाईट, एस.एम.एस, कम्प्यूटर, पेनड्राइभ, प्रोटेवल हार्डडिस्क, ल्यावटेव लगायत मोवाईल एप्सको प्रयोगमा वृद्धि भएको छ । 

इन्द्रसरोवरमा हालसम्म करिब २५० घरधुरीले इन्टरनेट जडान गरिसकेका छन् । नागरिकले घरमै बसीबसी कार्यालयका सूचनाहरु गाउँपालिकाको इमेल, वेभपेज, मोवाईल एप्स, सामाजिक सञ्जाल आदिवाट प्राप्त गर्न सक्छन् भने गाउँपालिकाको गतिविधिहरु यिनै माध्यमवाट घरघरमा बसेर हेर्न र देख्न सक्ने भएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)