nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

d-1617431598.jpg

पानी जमेको खाल्डोमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका-६ टौदह नयाँ झोलुङ्गे पुलनजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको बिहीबार दिउँसो डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेह दक्षिणकाली नगरपालिका-१ खहरे बस्ने ओखलढुङ्गा सिजिदेव गाउँपालिका-३ घर का ११ वर्षीय प्रशान्त सुनुवार र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ घर भएका ८ वर्षीय क्रिस मगर छन्।

खाल्डोमा पाँच जना बालक पौडी खेल्न गएकोमा दुई जना हराएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुर र विपद व्यवस्थापनबाट  टोली गएको थियो।

टोलीले खोजी गर्ने क्रममा खाल्डोमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)