thahatimes-ad-thekka-1731652826.jpg
Monday, 9th December, 2024
वि.स.

पालुङ जेसीज सप्ताह कार्यक्रम शुरु, पालुङगढीमा उपमेयर गाेपालीले गरे उद्घाटन

20241122_171657-1732279635.jpg

थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसीजको जेसीज सप्ताह कार्यक्रम  शुरु भएकाे छ । कार्यक्रमकाे आज शुक्रबार  ऐतिहासिक पालुङगढीमा आयाेजित एक समाराेहबीच प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख भरत गाेपालीले उद्घाटन गरे ।

पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीकाे सभाध्यक्षताा भएकाे कार्यक्रममा पालुङ जेसीज वर्ष २००८ काे अध्यक्षसमेत रहेका उपमेयर गाेपालीले पालुङगढीकाे संरक्षणमा जाेड दिए । उनले युवा नेतृत्वका लागि जेसीज महत्त्वपूर्ण रहेकाे उल्लेख गरे ।

कार्यक्रममा थाहा नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषाेत्तम ढकाल, वर्ष २००५ का अध्यक्ष सानाेभाइ कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साेे अवसरमा पालुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् मूल कार्यक्रम संयाेजक मानसिं दोङले कार्यक्रमकाे बारेमा जानकारी दिएका थिए ।

उनका अनुसार ९ मङ्सिरदेखि १४ गतेसम्म बिभिन्न ७ वटा कार्यक्रमको आयोजना गर्न लागिएको छ । मङ्सिर ९ गते विराज थापाको संयोजकत्वमा जनकल्याण माबि पालुङमा लक्ष्य निर्धारण तालिम कार्यक्रम गरिने छ ।

यसैगरी १० गते विश्वनाथ रायमाझीको संयोजकत्वमा प्रदिप जेसीज दौड प्रतियोगिता, ११ गते अजय कार्कीको संयोजकमा न्यानो कपडा वितरण कार्यक्रम, १२ गते रोशनी गोपालीको संयोजकमा पालुङ जेसीजको यस बर्षको प्रकरणमा आधारित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, १३ गते रचना बस्नेतको संयोजकत्वमा ऋषेश्वर प्राबि दामनका बिद्यार्थीहरुलाई भरत–रत्न छात्रवृत्ति कार्यक्रम र १४ गते श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा मैत्रीपूर्ण जेसीज कप फुटबल प्रतियोगिता ईन्द्रायणीचौरमा हुनेछ ।

त्यस्तै १५ गते अञ्जय प्रधानको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रमको समापनका साथै सम्मान तथा पुरस्कार वितरण कार्यक्रम जेसीज सभाहलमा गरिनेछ । समापन कार्यक्रममा संघीय साँसद महेश बर्ताैला आउने अध्यक्ष रायमाझीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०