Friday, 19th June, 2026
वि.स.

पालुङ जेसीजको अध्यक्ष पदमा ५ जनाको उमेद्वारी, उपाध्यक्ष पदमा दोब्बर प्रतिस्पर्धी

Untitled-1-1606915360.jpg

पालुङ जेसीज वर्ष २०२१ को अध्यक्ष पदका लागि ५ जनाको उमेद्वारी परेको छ ।

अध्यक्ष पदका लागि नवराज लामा, विक्रम केसी, जयराम खत्री केसी, अनिता विष्ट र संगम कार्कीको उमेद्वारी परेको पालुङ जेसीजले जनाएको छ । अध्यक्षका लागि उमेद्वारी दिएका नवराज पालुङ जेसीज वर्ष २०२० का महासचिव हुन भने विक्रम साधारण सदस्य, जयराम वर्ष २०२० प्रकरण निर्देशक, अनिता कार्यकारी उपाध्यक्ष र संगम कोषाध्यक्ष पदमा रहेर काम गरिसकेको छन् । 

त्यस्तै कार्यकारी उपाध्यक्षको दुई पदका लागि ४ जनाको उमेदु्वारी परेको छ । कार्यकारी उपाध्यक्ष पदका लागि विक्रम गोपाली, सुशान्त गोपाली, निरज रायमाझी र अनित विष्टको उमेदुवारी परेको हो । 

त्यस्तै अरु ४ उपाध्यक्ष पदका लागि भने ८ जनाको उमेद्वारी परेको छ । उपाध्यक्ष पदका लागि सन्जय गोपाली, अनन्त ढकाल, जनक तामाङ, मानसिंह दोङ, सुविन्द्रमान प्रधान, कमल विष्ट, सन्तोष सुवेदी र माधव कार्कीको उमेद्वारी परेको निर्वाचन अधिकृत कुमार नेगीले जानकारी दिए । 

१ वर्षको कार्यकाल रहने पालुङ जेसीज वर्ष २०२१ का लागि निर्वाचन कार्यक्रमसहितको साधारण सभा १९ मंसिरमा तोकिएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०