nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 1st May, 2024
वि.स.
1000043965-1707579226.jpg

पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, ६ वेपत्ता

flood-1691466521.jpg

मकवानपुरको बागमती गाउँपालिका-५, सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र उनीहरुमध्ये एक जनालाई उद्धार गरेर मेडिकल लैजाँदा मृत्यु भएको जानकारी दिए । उनका अनुसार बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ ।

पहिरोमा परी घाईते भएकी ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्दार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परी बेपत्ता हुनेहरुमा मृतक सन्तमायाका पति ६० वर्षका अक्कल बहादुर स्याङ्तान, उनका छोरी २२ वर्षकी शिला पहरी, ज्वाई २५ वर्षका जीवन पहरी, नाती ४ वर्षको मिलन पहरी र नातिनी डेढ वर्षकी दिव्या पहरी रहेका छन् । त्यसैगरी पाहुनाको रुपमा बास बसेका सिन्धुली हरिहरपुर-१ कोकटी बस्ने करिव १७ वर्षका पासाङ घिसिङ वेपत्ता छन् ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)