nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटकहरूको आवागमन मापदण्ड-२०७७ स्वीकृत, यस्ता छन् नयाँ व्यवस्था

Paryatan-1616682802.jpg

सरकारले ‘पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७७’ स्वीकृत गरेको छ ।

कोभिड-१९ सङ्क्रमण नियन्त्रण र रोकथाममा प्रतिकुल असर नपर्ने गरी नेपाल आउने पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्न पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्न मन्त्रिपरिषद्ले मापदण्ड जारी गरेको हो ।

नयाँ मापदण्डअनुशार कोभिडविरुद्धको खोप लगाएका र पीसीआर परीक्षणको प्रतिवेदन लिएर आएका पर्यटकहरूले नेपाल आइसकेपछि सम्बन्धित एजेन्सी वा संस्थाको समन्वयमा आफ्नै खर्चमा पीसीआर परीक्षण गराई नतिजा नआएसम्म होटेल क्वारेनटिनमा बस्नुपर्नेछ ।

परीक्षणको नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्म प्रचलित स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नै खर्चमा होटेल क्वारेनटिनमा बस्नु पर्नेछ । परीक्षणको नतिजा नेगेटिभ आएका पर्यटक सम्बन्धित संस्था वा एजेन्सीमार्फत पदयात्रा वा पर्वतारोहणमा जान वा सम्बद्ध पर्यटकीय गतिविधिमा सहभागी हुन सक्नेछन् ।

सरकारले भारतीय पर्यटकको हकमा विशेष व्यवस्था गरेको छ । हवाई मार्गबाट नेपाल आउने भारतीय पर्यटकको हकमा नेपाल इन्डिया ट्राभल बुबल एग्रिमेन्ट अनुरूपको व्यवस्था गर्ने, स्थल मार्गबाट आउनेले दफा ७ को खण्ड क बमोजिमका कागजात नेपाल भारत सीमाको अध्यागमन बिन्दुमा पेस गर्नुपर्ने र सरकारले स्वीकृत गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

यो व्यवस्थासँगै यसअघि जारी भएका मापदण्ड तथा आदेशहरू खारेज भएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)