Friday, 19th June, 2026
वि.स.

पत्रकार महासंघ मकवानपुरको साधारणसभा आगामी मंसीर २६ गते

123-1605250669.jpg

 नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १६औं वार्षिक साधारणसभा आगामी मंसीर अन्तिम साता हुने भएको छ । महासंघका अध्यक्ष हरि हुमागाईंको अध्यक्षतामा बिहिबार हेटौंडामा बसेको कार्यसमिति बैठकले महासंघको १६औं वार्षिक साधारणसभा आगामी मंसीर २६ गते हेटौंडामा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले साधारणसभामा पत्रकारिता पुरस्कार प्रदान गर्न पुरस्कार छनोट समिति गठन गरेको छ । महासंघ मकवानपुरका संस्थापक अध्यक्षको नाममा स्थापित न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार र युवा व्यवसायी महेन्द्र राउतले स्थापना गरेको पत्रकारिता पुरस्कार वितरणका लागि उपाध्यक्षहरु कुमार अधिकारी र सरिता दाहाल तथा सहसचिव शुभलक्ष्मी विश्वकर्मा रहने गरि पुरस्कार छनोट समिति गठन गरेको हो । महासंघको बैठकले निरन्तर यस क्षेत्रमा क्रियाशील जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था गर्न कोष रकमका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

यसअघिको बैठकले जिल्लाबाट सिफारिस गरी पठाएका नयाँ सदस्यहरुलाई प्रदेश समितिले पनि अनुमोदन गरिसकेकोले तोकिएको शुल्क लिई सदस्यता वितरण गर्ने र महासंघको लेखापरीक्षण गर्ने निर्णय पनि बैठकले गरेको महासंघका सचिव गणेशदर्पण अधिकारीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०