Thursday, 3rd September, 2026
वि.स.

थाहानगर : प्रेमी भागेपछि युवतीले झाडीमा फालिन् शिशु

IMG_20241107_164946-(1)-1730977727.jpg

थाहा नगरपालिका-४ शिखरकोटस्थित सार्वजनिक शौचालयनजिकै झाडीमा नवजात शिशु भेटियो।मंगलबार साँझ झाडीमा बच्चा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरिदिए। 

इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थल पुग्यो। कार्यालयका प्रमुख प्रहरी निरिक्षक सबिन बाबु अर्यालको कमान्डमा पुगेको प्रहरी टोलीले घटनाबारे जानकारी लिए।

झाडीमा भेटिएको शिशु (बालक) को उद्धार गर्‍यो। झाडीमा शिशु फेला परेपछि कहाँबाट, कसले छाड्यो भनेर खोजतलास गर्दै जाँदा स्थानीयले दिएको जानकारीका आधारमा शिशुकी आमा २८ वर्षकी मेनुका धिताललाई प्रहरीले पक्राउ गरे। 

प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका-६ घर भई हाल काठमाडौँमा बसोबास गर्ने मेनुकाले आफ्नो १० दिनको शिशु झाडीमा फालेको स्वीकार गरिन्। सानै उमेरमा विवाह गरेकी उनको श्रीमान्‌को ४ वर्षअघि गाडी दुर्घटनामा मृत्यु भएको थियो। दुई सन्तानकी आमा मेनुकाले तेस्रो सन्तानका रूपमा उक्त शिशु जन्माएकी थिइन्। 

फेकबुकबाट लभ परेपछि
मेनुकाले प्रहरीलाई दिएको बयानअनुसार उनको केही वर्षअघि फेसबुकमार्फत पुरुषसँग माया बस्यो। तिनै पुरषसँगको शारीरिक सम्पर्कबाट मेनुकाको पेटमा गर्भ रहन पुग्यो। तर यो थाहा पाउनासाथ फेसबुकमा मेनुकालाई ब्लक गर्दै ती पुरुष बेपत्ता भए।

‘१० दिनअघि थापाथली अस्पतालमा शिशुको जन्म भएको रहेछ’, प्रहरी निरिक्षक अर्यालले भने, ‘सुत्केरी भएपछि उहाँ पालुङमा रहेको आफ्नी दिदीको घर आउनुभएको रे। पहिलाको श्रीमान् नभएको मान्छेले बच्चा जन्मायो भनेर घरबाट हेला गरेपछि दिदीको घर आउनुभएको भन्ने बुझियो।’

अहिले शिशुलाई मेनुकाको जिम्मा लगाइएको र शिशुको अवस्था पनि सामान्य रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख, प्रहरी निरीक्षक अर्यालले जानकारी दिए।

मेनुकाले दिएको बयानका आधारमा ती युवकको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif