Saturday, 20th June, 2026
वि.स.

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने मकवानपुरका आचार्य पक्राउ

pakarau-1609737796.jpg

कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नक्कली रिपोर्ट बनाएर विदेश जान खोज्ने मकवानपुरका रोशनप्रसाद आचार्यलाई सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति पक्राउ परेका हुन् ।

विदेश जानको लागि पीसीआर परीक्षणको नक्कली रिपोर्ट पेश भएको पाइएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि महानगरीय प्रहरी वृत्त गौशालाले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकया अगाडि बढाइएको जनाएको छ ।उनीहरु फ्लाईट दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०