Saturday, 20th June, 2026
वि.स.

धादिङमा मोटरसाइकल र ट्रक ठोक्किँदा आगलागी, दुईजनाको जलेर मृत्यु

dhading-1613039624.jpg

पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा मोटरसाइकल र ट्रक एक ठक्कर खाएर भएको आगलागीमा दुईजनाको मृत्यु भएको छ। थाक्रेको वडा नम्बर ८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ट्रक र मोटरसाइकल जुधेका थिए।  लगत्तै आगो लाग्दा मोटरसाइकमा सवार  दुईजनाको जलेर मृत्यु भएको छ। 

गल्छिबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा एक्कासी आगो लागेको स्थानीयले बताएका छन् ।

घटनापछि मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृत्यु हुने डा। सुरेश अधिकारी रहेका छन् भने उनको ठेगाना खुलेको छैन ।  अर्का एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । 

मोटरसाइकलमा आगो लागेपछि स्थानीयले निभाउने प्रयास गरेपनि सफल नभएको बताएका छन्।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०