Tuesday, 11th August, 2026
वि.स.

थाहामा ८९ प्रतिशत किसान परिवार, यस्तो छ कृषि गणनाको नतीजा

THAHA-AGRI-DATA-1696584001.jpg

थाहा नगरपालिकामा जम्मा घरपरिवारमध्ये ८९ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । प्रत्येक १०/१० वर्षमा हुने राष्ट्रिय कृषि गणनाको पछिल्लो तथ्याङ्कले थाहा नगरपालिकाको ११ प्रतिशत परिवारमात्रै गैह्रकृषक रहेको देखाएको हो । हालै सार्वजनिक राष्ट्रिय कृषि गणना–२०७८ को नतीजा अनुसार थाहा नगरपालिकामा ८८.५६ प्रतिशत कृषक परिवार रहेका छन् । थाहानगरको ९७४९ घरपरिवारमध्ये ८६३४ परिवार कृषि क्षेत्रमा संलग्न छन् । 

नेपालको राष्ट्रिय नतीजाको तुलनामा थाहा नगरपालिकामा कृषक परिवारको प्रतिशत २७ ले बढी छ ।

नेपालको राष्ट्रिय नतीजाको तुलनामा थाहा नगरपालिकामा कृषक परिवारको प्रतिशत २७ ले बढी छ । कृषि गणनाले  २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ । अघिल्लो कृषि गणनामा नेपालमा यस्ता कृषक परिवारको प्रतिशत ७१ रहेको थियो । 

मकवानपुरको १० स्थानीय तहको तुलना गर्दा थाहा नगरपालिका बढी प्रतिशत कृषक रहेको सातौँ पालिका हो । थाहा भन्दा कम प्रतिशत कृषक परिवार हेटौँडा, मनहरी र भीमफेदीमा रहेका छन् । 

हेटौँडामा ३४.४३ प्रतिशत मात्र कृषक परिवार रहेका छन् । मनहरीमा ६५.४१ प्रतिशत र भीमफेदीमा ८६.८८ प्रतिशत परिवार कृषक छन् । अन्य ६ वटा गाउँपालिकाहरुमा ९० प्रतिशत भन्दा बढी कृषक परिवार रहेको देखिएको छ । सबैभन्दा बढी कैलाश गाउँपालिकामा ९८.२६ प्रतिशत कृषक परिवार रहेको छ । 

मकवानपुरको १० स्थानीय तहको तुलना गर्दा थाहा नगरपालिका बढी प्रतिशत कृषक रहेको सातौँ पालिका हो । 

कृषि गणना २०७८ अनुसार थाहा नगरपालिकामा जम्मा ८६३४ कृषक परिवारले ७०१२१ रोपनी जग्गामा कृषिकार्य गरेको देखिएको छ । तर, १७०९८ रोपनी जग्गामा मात्र सिँचाइ पुगेको पाइएको छ ।

कृषि गणनाले थाहा नगरपालिकामा कृषक परिवारअन्तर्गत जम्मा कित्ता सङ्ख्या २११३५  र प्रतिकृषक परिवार कित्ता संख्या २.४ देखाएको छ । थाहानगरमा १२७ कृषक परिवारले अरुको मात्र जग्गा कमाएको पाइएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif