nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा विद्यार्थीलाई सडक अभिमुखिकरण कार्यक्रम 

सडक सुरक्षाको बिषयमा विद्यार्थीहरुलाई सचेत गराउनका लागि उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित जनकल्याण माद्यामिक विद्यालयमा सडक सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

थाहा नगरपालिकाका बिभिन्न स्थानका विद्यार्थीहरु अध्ययन गर्ने विद्याको मन्दिर जनकल्याणमा सडक सुरक्षा सचेतना प्रदान गर्नाले थाहाको बिभिन्न स्थान सम्म जानकारी पुग्ने अभिलासाको साथमा थाहामा कार्यक्रम भएको हो । राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समितिको कार्यलय, जिल्ला प्रविधिक कार्यालय मकवानपुरको आयोजनामा दामन डाँडावास सडक खण्ड उप आयोजनाले कार्यक्रम सञ्चालन गरेको हो । 

इलाका प्रहरी कार्यालय पालुङसँगको सहकार्यमा सञ्चालित कार्यक्रम मार्फत विद्यार्थीहरुलाई सडक ट्राफिक चिह्नहरुको बारेमा जानकारी, जेब्रा क्रसिङको बारेमा जानकारी र सडक दुर्घटनाबाट बच्नका लागि सडकमा पालना गर्नु पर्ने नियमहरुको बारेमा जानकारी गराइएको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)