nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा कक्षा ८ को परीक्षा व्यवस्थापन अभिमुखीकरण

class-8-orien..-1704557179.jpg

थाहा नगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । 

थाहा नगरपालिका वडा नं. १ स्थित सुनौला सामुदायिक सिकाई केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो । केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीको अध्यक्षतामा कार्यक्रम भएको हो । 

थाहा नगरपालिकाका ८ कक्षा सञ्चालित सामुदायिक तथा संस्थागत २५ विद्यालयका शिक्षकहरु सहभागी कार्यक्रम थाहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्यतामा भएको हो । 

कार्यक्रममा थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्ल,  शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीका तथ्याङ्क अधिकृत सुशिल पौडेल, शाखा अधिकृत प्रविणबाबु भट्टराई, प्याव्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागी झम्केश्वरी माविका शिक्षक जर्मलाल श्रेष्ठले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)