nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर शिक्षक महासंघको विपदमा एक लाख सहयाेग

IMG_20210617_214702-1623945920.jpg

नेपाल शिक्षक महासंघ थाहा नगरले  नगरपालिकाकाे विपद व्यवस्थापन काेषलाई ३ असारमा रु. एक लाख सहयाेग गरेकाे छ । 

महासंघकाे प्रतिनिधिमण्डलले नगरपालिकाका प्रमुख लवशेर विष्टलाई भेटेर उनकै कार्यकक्षमा रु. १ लाखकाे चेक हस्तान्तरण गरेकाे हाे । शिक्षक महासंघ नगर अध्यक्ष राजाराम कार्कीले  साे हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा महासंघका नगर सचिब गणेशमान श्रेष्ठले यसअघि पनि बिपद काेषका लागि रु. तीन लाख सहयाेग उपलब्ध गराएकाे जानकारी दिए । 

साे अवसरमा महासंघका महेन्द्र प्रधान, मनाेज रायमाझी, राजेन्द्र बिष्ट, हरिशरण रायमाझी, लक्ष्मी कार्की, छमकला बस्नेत लगायतकाे उपस्थिति रहेकाे थियाे ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)