Tuesday, 11th August, 2026
वि.स.

थाहाका कृषकलाई आलु खेती तालिम

aalu-1769407466.jpg


आलु खेतीको लागि देशमै प्रख्यात थाहा नगरपालिकाको कृषकहरूको क्षमता अभिवृद्धि र आलु उत्पादन बढाउने उद्देश्यले ३ दिने आलु खेती सम्बन्धी तालिम प्रदान गरिएको छ । 

थाहाको थानाबजारमा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारीको सभा हलमा सम्पन्न तालिमको आयोजक विङ्ग युथ रहेको थियो भने राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र, कीर्तिपुरको प्राविधिक सहयोग तथा ONGD-FNEL को आर्थिक सहयोग रहेको थियो ।

बिङ्ग युथका अध्यक्ष वसन्त कार्कीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन समारोहमा  राष्ट्रिय आलु तथा तरकारी बाली विकास केन्द्रका प्रमुख पदम अधिकारीको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।

तालिममा आलु विकास केन्द्रका केन्द्रका प्रमुख पद्म अधिकारी, ज्ञानु थापा मगर लगायतले सहजीकरण गरेका थिए । सहभागीहरुलाई फिल्डमा व्यवहारिक अभ्याससमेत गराइएको कार्यक्रम संयोजक मनिषा बस्नेतले जानकारी दिइन् ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा जग्गा छनोटदेखि हावापानीअनुसारको बीउ छनोट, खाने आलु र बीउ आलुको भण्डारण तथा बजारीकरणसम्मको योजनाबारे कृषकहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

तालिममा नगरपालिकाभित्रका १२ वडाका २२ कृषक समूहहरूको प्रतिनिधित्व रहेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif