Thursday, 6th August, 2026
वि.स.

निजी फलफूल नर्सरी सुदृढीकरणका लागि ५० प्रतिशतसम्म अनुदान, आवेदन दिने म्याद ३० दिन

narsari-1785909881.jpg

काठमाडौँ। पहाडी क्षेत्रमा फलफूल तथा काष्ठफलको उत्पादन अभिवृद्धि गर्ने उद्देश्यका साथ निजी फलफूल नर्सरीहरूलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने भएको छ। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (केन्द्रीय आयोजना व्यवस्थापन एकाइ, कीर्तिपु)ले एक सूचना जारी गर्दै सुदृढीकरण कार्यक्रममा आवद्ध हुन इच्छुक निजी नर्सरीहरूबाट आवेदन आह्वान गरेको हो।

आयोजनाको कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ अनुसार निजीस्तरमा सञ्चालित फलफूल नर्सरीहरूको बिरुवा उत्पादन क्षमतामा परिणात्मक तथा गुणात्मक सुधार ल्याउन यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यसअन्तर्गत स्वीकृत लागतको अधिकतम ५० प्रतिशतसम्म अनुदानमा नर्सरी तथा प्रयोगशालासहितका पूर्वाधार विकास एवं सुदृढीकरणका कार्यहरू गरिनेछन्।

कसले दिन पाउँछन् आवेदन ?

आयोजना लागू भएका स्थानीय तहहरूमा सेवा दिन सक्ने र प्रचलित कानून बमोजिम दर्ता भई सञ्चालनमा रहेका निजी फलफूल नर्सरीहरूले यस कार्यक्रममा सहभागी हुन पाउनेछन्। यो कार्यक्रम कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित नर्सरीहरूका लागि लक्षित छ।

आवेदन दिने प्रक्रिया र म्याद

इच्छुक उद्यमी वा फार्महरूले सूचना प्रकाशित भएको मिति (२०८३/०४/१९) ले ३० दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित प्रदेशमा रहेका आयोजना कार्यान्वयन एकाइ वा केन्द्रीय कार्यालयमा आवेदन दर्ता गराउनुपर्नेछ।

सम्पर्क कार्यालयहरू तथा फोन नम्बर

  • केन्द्रीय आयोजना व्यवस्थापन एकाइ कीर्तिपुर, काठमाडौँ  : ०१९५९०५०३७, ९८५५०५३२१८०
  • बागमती प्रदेश, मकवानपुर ९८५५०८६३६०
  • कोशी प्रदेश, मोरङ  ९८५२०४०१३९
  • गण्डकी प्रदेश, कास्की ९८५६००८५६६
  • कर्णाली प्रदेश, सुर्खेत  ९८६१५४८८७२
  • सुदूरपश्चिम प्रदेश, डोटी ९८४८४३५४६२

थप जानकारीका लागि आयोजनाको आधिकारिक वेबसाइट nafha.gov.np वा इमेल cpmu.nafha@gmail.com मा सम्पर्क गर्न सकिने आयोजनाले जनाएको छ।









Thaha-002-1774415222.gif