nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर वास्तवमै फिल्म छायाँकनका लागि उपयुक्त : निर्देशक थापा

fvt2-1701354550.jpg

थाहानगरको अधिकांश क्षेत्रमा छायाँकन गरिएका नेपाली कथानक चलचित्र द सेक्रेट्स अफ राधाका निर्देशक सुवर्ण थापाले थाहानगर वास्तवमै चलचित्र छायांकनको लागि उपयुक्त स्थल रहेको बताएका छन् । 

थाहा कला केन्द्रले आयोजना गरेको थाहा फिल्म फेस्टिभलमा थाहानगर आइपुगेका निर्देशक थापाले यस्तो बताएका हुन् ।

फिल्म फेस्टिभलको छैठौं दिन १४ मंसिरमा पालुङ जेसीजको हलमा चलचित्र राधा देखाइएको थियो । चलचित्र राधालाई थाहा फिल्म फेस्टिभलमा समावेश गरी भव्यताका साथ प्रदर्शनी गरिएकोमा उनले निकै खुशी व्यक्त गरे ।

फेस्टिभलको क्रममा राधाका निर्देशक थापा, निर्माता अनुप थापा तथा चलचित्र राधाकै को–प्रोडुसर उमेश गुप्ता थाहानगर आएका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)