Friday, 19th June, 2026
वि.स.

थाहानगर गोपाली गाउँको सम्पदा संरक्षणमा मन्त्री फुयाँलको चासो

CV-1605280297.JPG

बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले सम्पदा संरक्षणमा नेपालका आदिवासीहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।  मकवानपुरको थाहा नगरपालिकाको गोपाली गाउँमा भएको सम्पदा संरक्षण सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् । गोपालीहरु मुलुककै पुरानो जाती भएको बताउँदै विकासको क्रममा पुस्ताहरुले ज्ञानसीपका आधारमा सम्पदा निर्माण गरेको र तिनको संरक्षण अहिलेको आवश्यकता रहेको मन्त्री फुयाँलले औल्याए ।

ऐतिहाँसिक सम्पदा र पुरातात्विक कुराहरु संरक्षणमा १ सय २५ जात र १ सय २३ भाषाकै योगदान रहकोे मन्त्री फुयाँलले बताए । वडा नम्बर ३ गोपाली गाउँमा रहेको सेति गणेश मन्दिरमा पुजामा समेत सहभागी भएका मन्त्रिी फुयाँलले निर्वाचनका बेला जुनसुकै पार्टीबाट उठेको भएपनि विकास साझा एजेण्डा बनाउन आवश्यक भएको औल्याए । समाज बदल्ने कामका लागि सँधै लागि संघर्ष गर्नुपर्ने उनको भनाइ थियो । यसका लागि छोरा छोरी बराबरी, गाउँ र शहर सुविधाले बराबरी, मानसिक र शाररीक श्रम बाराबरी गर्नुपर्ने उनको भनाइ थियो । ‘यति गरे देश बन्छ, समाज त बदलिन्छ बदलिन्छ’–फुयाँलले भने– सबैको प्रगति हुनेछ, सेति गणेशले त्यही भन्ठान्नू भएको होला ।’ 

सेती गणेश मन्दिर छेवैमा रहेको जोर ढुङ्गे धाराको संरचनालाई नबिगारी संरक्षण गर्न उनले सुझाव दिए ।  ऐतिहाँसिक धाराको मर्मत गर्न आग्ह गर्दै सिमेन्टले नपोत्न सुझाउँदै भने–‘सिमेन्टले पोतेर हैन कलात्मक विकास गर्नुहुन्छ भने म सहयोग गर्छु ।’ मन्त्री फुयाँलले यसका लागि धारो मर्मत गर्न लाग्ने पैसाको आधा पैसा म खोज्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संगै रहेका मन्त्रालयका सचिव संजीव बराललाई इसारा गर्दै मन्त्री फुयाँलले आगामि वर्षको बजेट तर्जुमा गर्दा सेति गणेश मन्दिर परिसरमा फल्चा र मन्दिर सबैको योजना बनाउन आग्रह गरे । उनले भने–‘हामी केही न केही सहयोग गर्छौ, सबै कुरामा जनताको सहभागिताको सहित विकास गर्छौ ।’ जनता परिचालित नभई भएको विकास दीगो नहुने उल्लृेख गर्दै सहभागितामुलक विकास गर्न आग्रसर रहेको सुनाए । नेवारी संस्कृतिक सहितको पर्यटन प्रवद्र्धन गर्दै रञ्जना लिपीको विकास गर्न मन्त्री फुयाँलले थाहा नगरपालिकालाई अनुरोध गरे । उनले मन्दिर सहितको विकासका कार्यका लागि रज्यले सहयोग गर्ने उनको भनाइ थियो । 

कार्यक्रममा नगर प्रमुख लवशेर विष्टले पुरानो बस्ती गोपाली गाउँमा रहेको सेति गणेश मन्दिर र यससंग सम्बन्धीत सम्पदाको संरक्षणमा नगरपालिकाले सहयोग गरे पनि उल्लेख्य कार्य हुन नसकेको बताउँदै प्रदेश सरकारको सहयोग आवश्यक भएको औल्याए । नगरपालिकाको सीमित बजेट तथा कार्यक्रमबाट असिमित योजना सम्पन्न गर्न नसकेकोले प्रदेश सरकारको खाँचो परेको औल्याउँदै भौतिक पुर्वाधार विकास मन्त्रालय बागमती प्रदेश सरकारबाट सहयोगको आशा व्यक्त गरे । थाहानगर उपप्रमुख खड्ग गोपालीले मुलुककै पुरानो गोपाली जातीको संस्कृति संरक्षणमा मन्त्रालयले योगदान दिनूपर्ने बताए । उपप्रमुख गोपालीले भने–‘नेवारी संस्कृतिसंग सम्बन्धीत साँस्कृतिक सामाग्री राख्ने ठाउँ समेत अभाव छ, फल्चा र पाटी समेत जीर्ण छ ।’ लोपोन्मुख रुपमा रहेको गोपाली जातिहरुको संस्कृति संरक्षणका लागि पु्र्वाधार जोगाउन आवश्यक भएकोले यसका लागि अभाव रहेको बजेट प्रदेश मन्त्रालयबाट सहयोग गरिदिन आग्रह गरे । 

थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश केसीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट, नेकपा थाहानगर अध्यक्ष अरुण रायमाझी, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव संजीव बराल, भिमफेदी कुलेखानी सुरुङमार्ग प्रमुख नवीन सिंह, जलस्रोत तथा सिंचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी डिभिजन प्रमुख लगायतका व्यक्तित्वहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०