Friday, 19th June, 2026
वि.स.

थाहानगर, ईन्द्रसरोवरसहित तीन स्थानीय तहको नदिजन्य पदार्थको मौज्दात प्रमाणित

jisasa1-768x271-1604504801.jpg

ढुंगा, गीट्टी बालुवा जिल्ला अनुगमन तथा समन्वय समितिले जिल्लाका बाँकी रहेका तीन पालिकाको नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा)को स्टक प्रमाणित गरेको छ । अनुगमन समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लाको थाहा नगरपालिका, ईन्द्रसरोवर र राक्सिराङ गाउँपालिकाको नदिजन्य पदार्थकाे स्टक प्रमाणित गरेको हो ।

ढुंगा, गीट्टी, बालुवाको प्रमाणिकरणका लागि डिभिजन वन कार्यालयका प्रमुखको नेतृत्वमा गठित उपसमितिले पेश गरेको स्टक प्रमाणित प्रतिवेदनलाइ बैठकले स्वीकृत गरेकाे समितिका संयोजक खुलालले जानकारी दिए । उपसमितिले पालिकाहरूमा स्थलगत रुपमा (नदिजन्ढुंय पदार्थ) ढुंगा, गीट्टी, बालुवाको नाँपजाँच गरेर तयार पारेको स्टक प्रतिवेदनलाइ समितिले स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयाे । समितिले जिल्लाको हेटौंडा उपमहानगरपालिका, भीमफेदी, मनहरी, गढी र बकैया गाउँपालिकाको नदिजन्य पदार्थकाे स्टक यस अघि नै प्रमाणित गरिसेको छ ।

त्यस्तै बसेको बैठकले स्टक प्रमाणित भएका पालिकाहरुमा फरक मौजदात देखिएको जफत योग्य ढुंगा, गीट्टी, बालुवालगायत नजिदन्य पदार्थहरु तत्काल राजस्व संकलन गरि अनुगमन समितिलाई जानकारी गर्न निर्देशन दिने निर्णय समेत गरेको उनले बताए । 

बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ्, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौडेल, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दिर्घनारायण कोईराला, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, आन्तरीक राजस्व कार्यालय हेटाैंडाका प्रमुख सन्त बहादुर ढकाल, शसस्त्र प्रहरी उपरिक्षक निर कृष्ण अधिकारीलगायत अनुगमन समितिका सदस्यहरुको उपस्थिती थियो ।