nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा शिक्षकको स्वागत, डाक्टरलाई विदाई

मकवानपुर थाहा नगरपालिका अन्तर्गत पालुङ प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत् दुई डाक्टरको विदाई गरिएको छ । धनुषा सरुवा भएका डाक्टर प्रतिभा चौधरी र डाक्टर प्रशान्त भट्टलाई २३ असोजमा विदाई गरिएको हो । 

थाहा नगरपालिका कार्यालयमा भएको विदाई कार्यक्रममा थाहा नगरपालिकाका उप मेयर खड्ग गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले खादा लगाएर विदाई गरेका हुन् । कार्यक्रमको अवसरमा थाहा नगरपालिकाका कर्मचारीहरुले डाक्टर द्वयलाई टिका लगाएर सफलताको शुभकामना व्यक्त गरे । सो अवसरमा डाक्टरहरुले थाहानगरमा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको सहभागीहरुले कदर गरेका थिए । 

यसैबीच थाहा नगरपालिका अन्तर्गत रहेको वडा नम्बर १० मा रहेको नाटेश्वर माध्यमिक विद्यालयमा शिक्षक रुपचन्द्र गोपालीको स्वागत गरिएको छ । थाहा नगरपालिका वडा नं. १ निवासी शिक्षक गोपाली ललितपुरको सिस्नेरी माध्यमिक विद्यालयबाट सरुवा भई आएका हुन् ।