Friday, 19th June, 2026
वि.स.

थाहानगरको प्रगतिको प्रशंसा, उत्कृष्टतालाई व्यवस्थित गरौं: प्रमुख खुलाल

thaha-jisasa-(1)-1607045303.JPG

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले थाहा नगरपालिकाले मकवानपुर जिल्लामै स्थानीय तहहरु मध्ये उत्कृष्ट कार्य गर्ने गरेको स्मरण गर्दै प्रंशंसा गरेका छन् । प्रमुख खुलालले थाहा नगरपालिकाको प्रथम चौमासिक अनुगमनको क्रममा यस्तो बताएका हुन् । “थाहा नगरले गर्ने उत्कृष्टताहरुलाई पनि थप व्यवस्थित भने गर्न आवश्यक छ”, थप सुझाव दिदै प्रमुख खुलालले भने-“नगरपालिकाको समग्र विकासका लागि आर्थिक र सामाजिक विकास, नागरिकलाई स्वरोजगार तथा आर्थिक रुपमा सम्पन्न हुने खालका कार्यक्रम सञ्चालन तर्फ थप ध्यान दिनूपर्छ ।”  यसका लागि पर्यटन विकासको प्रचुर संभावना रहेको थाहा नगरपालिकाले त्यसतर्फ थप ध्यान दिन आवश्यक रहेको प्रमसख खुलालले सुझाए । 

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको टोलीले १८ मंसिरमा जिल्लाको थाहा नगरपालिकाको अनुगमन गरेको हो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वममा रहेको टोलीले चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगतिका बारेमा अनुगमन गर्नुका साथै समिक्षा गरेको थियो ।  

टोलीले चालु आर्थिक वर्षमा स्थानीय तहहरुमा गर्नुपर्ने कामहरु सम्पन्न भए÷नभएको साथै अघिललो आर्थिक वर्षमा आइपरेका समस्याका बारेमा जानकारी लिएको छ । आर्थिक वर्षको पहिलो चौमासिकमा लागत इस्टिमेट तयार, उपभोक्ता समिति गठन, सम्झौता प्रकृया लगायतको कार्य  भए÷नभएको बारेमा अनुगमन गर्नुका साथै समिक्षा गरिएको जिसस प्रमुख खुलालले जानकारी दिए । 

अनुगमन टोलीलाई थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट र प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले हालसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना कार्यान्वयन तालिका तयारी गरी सोही बमोजिमका कामहरु भैरहेको जानकारी दिए । उनले असारे विकासको परिपाटिलाई अन्त्य गर्ने गरि योजना कार्यान्वयन तालिका बनाइएको पनि बताए ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत पुरीले विश्व महामारीकै रुपमा रहेको कोभिड-१९ का बाबजुद पनि पहिलो चौमासिकमा करिब २० प्रतिशत वित्तिय प्रगति भएको र नगरपालिकाको योजना अनुसार समयमै कार्य सम्पन्न गर्ने गरि काम अगाडी बढाईएको बताए । 

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, चित्रबहादुर बलामी, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, थाहा ३ वडा वडा ध्यक्ष राजेश केसी, वडा नम्बर ६ का शशीधर सुवेदी, वडा नम्बर १० का हिराबहादुर गमाल, कार्यपालिका सदस्य कविता कार्कीलगायत थाहा नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिती थियो । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०