nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका १२५ कुकुर–विरालोलाई रेविजविरुद्धको खोप 

rabis-khop-1695903121.jpg

थाहा नगरपालिकाको विभिन्न स्थानमा गरी १२३ वटा कुकुर र २ वटा विरालोलाई रेविजविरुद्धको खोप लगाइएको छ । 

११ असोजमा १७ औं विश्व रेविज दिवसको अवसरमा पारेर थाहाका विभिन्न वडाहरुमा कुकुर विरालालाई रेविजविरुद्धको खोप लगाइएको हो । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार १ मा ३० वटा, वडा नम्बर ३ मा १३ वटा, वडा नम्बर ४ मा ६ वटा र वडा नम्बर ११ मा ३० वटा कुकुरलाई खोप लगाइएको हो भने वडा नं. ११ मा २ वटा विरालोलाई पनि खोप लगाइएको पशु प्राविधिक विकेश कार्कीले जानकारी दिए । 

त्यसैगरी थाहा नगरपालिकाको डाँडाबास, गैरीगाउँ, दामगडे क्षेत्रमा ४४ वटा कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको पशु प्राविधिक रुपेशकुमार मिश्रले बताए । 

रेविज विरुद्धको खोप अभियानमा पशु प्राविधिकहरु मनिषा मगर, रुपेशकुमार मिश्र, विकेश कार्की, विज्ञान भट्टराइ, नुतन मिश्र, प्रकाश पाख्रिन, श्रीराम गर्तौला, प्रशिक्षार्थी पशु प्राविधिक कृष्णकाजी प्रधान, अस्मिता परियार लगायतको टोली खटिएको थियो । अभियानको क्रममा घरपालुवा र सामुदायिक कुकुरहरुलाई रेविजविरुद्धको खोप लगाइएको पशु पशुप्राविधिक मनिषा मगरले जानकारी दिइन् । 

खोप अभियानमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपाली, वडा नं. ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, कृषि तथा पशु विकास शाखाका कृषि स्नातक विकास सुनार, लेखापाल सन्देश घिमिरे, प्रेस संयोजक  शम्भु अधिकारी लगायतको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)