DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

थाहानगरका बेरोजगार व्यक्तिहरु सूचीकृत हुने अवसर 

pm-rojgar-karyakram-1614647896.jpg

मकवानकपुर थाहा नगरपालिकाले बेरोजार व्यक्तिहरुलाई सूचीकृत हुन आग्रह गरेको छ । 

रोजगारीको हकसम्बन्धी ऐन, २०७५ सो को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ (पहिलो संशोधन, २०७७ सहित)बमोजिम आर्थीक वर्ष २०७८।०७९ मा न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निमार्णको काममा योगदान गर्न इच्छुक व्यक्तिहरुलाई सूचीकृत हुन आग्रह गरेको हो । नगरका १८ देखि ५९ वर्ष उमेर समुहका बेरोजगार व्यक्तिहरुले यहि फागुन मसान्त भित्रमा आफ्नो वडा कार्यालयमा बरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन सकिने रोजगार सेवा केन्द्र थाहा नगरपालिकाका संयोजक सुभाष गौतमले जानकारी दिए । 

सेवा केन्द्रले सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७७/०७८ मा निवेदन दिइ सकेका सुचिकृत बेरोजगारहरुले पनि आर्थिक वर्ष २०७८÷०७९ का लागि बेरोजगार व्यक्ति सुचीकरण हुन अनिवार्य निवेदन पेश गर्नुपर्ने जानकारी गराएको छ । निवेदनको ढाँचा सम्बन्धीत वडा कार्यालय, रोजगार सेवा केन्द्र, थाहा नगरपालिका तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइट www.pmep.gov.np बाट निशुल्क प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । 

निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरु :

१) निवेदकको १ प्रति नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२) निवेदकको १ प्रति पासपोर्ट साईजको फोटो ।

३) निवेदक सहित परिवारका सम्पूर्ण सदस्यहरुको नाम, नाता, जन्म मिति, नागरिकता नं., जारी मिति तथा जिल्ला ।

४) निवेदक सहित परिवारका सम्पूर्ण सदस्यको शैक्षिक योग्यता, सिप, दक्षता तथा रोजगारीको अवस्था (स्वदेश/विदेश/स्वरोजगार) ।

५) स्थायी बसोबास खुल्ने आवश्यक कागजातको फोटोकपीः (ना.प्र. पत्र अन्यत्रबाट जारी भएको भए बसाईसराइ प्रमाणपत्रको प्रतिलिपि र ना.प्र. पत्रमा स्थायी ठेगाना अन्यत्र उल्लेख भएको विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि) ।

६) कुल वार्षिक पारिवारिक आय, परिवारका सबै सदस्यहरुले सामाजिक सुरक्षा कोष, अन्य सरकारी कोष वा रोजगारदाताबाट कुनै सहायता या आम्दानी लिएको नलिएको विवरण ।

७) यदी निवेदक वैदेशिक रोजगारीबाट फर्किएको वा श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा जान नपाएको व्यक्ति भएमा तपसिल बमोजिमको विवरण निवेदनको बुँदा नं. १५ भन्दा तलको खालि ठाउँमा अनिवार्य रुपमा भर्नुहुन अनुरोध छ ।

देश ..................................................... पासपोर्ट नं. .............................................

विदेशमा गरेको कामसंग सम्बन्धित सीप ............................................................................

८) निवेदनमा उल्लेखीत सम्पुर्ण विवरण अनिवार्य रुपमा भरेको र वडा कार्यालयबाट प्रमाणित भएको निवेदन मात्र सूचिकृत गरिने छ ।

थप जानकारीको लागि सम्बन्धीत वडा कार्यालय तथा रोजगार सेवा केन्द्र, थाहा नगरपालिकामा सम्पर्क गर्न सकिने छ ।

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)