thahatimes-ad-thekka-1731652826.jpg
Monday, 9th December, 2024
वि.स.

थाहाको पर्यटन विकासमा बागमतीका मुख्यमन्त्री लामाको जोड(फोटोफिचरसहित)

gok4-1732684478.jpg

थाहा नगरपालिका बागमती प्रदेशको धार्मिक तथा कृषि पर्यटनको लागि उच्च सम्भावना भएको क्षेत्र रहेको हुँदा यसैको बिकास गर्नुपर्ने  बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले बताएका छन।
गोरखनाथ संवत् २८१८ को अवसरमा थाहा नगरपालिका वडा न ३ डाँडागाउँमा गोरखनाथ कल्याण केन्द्रले आयोजना गरेको गोरख संवत् को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा माता पाथिभरा देवीको मुर्ती अनावरण गर्दै मुख्य मन्त्री लामाले उक्त कुरा राख्नुभएको हो।
मुख्य मन्त्री लामाले थाहा नगरपालिका लाई धार्मिक तथा कृषि पर्यटनको रुपमा लैजान प्रदेश सरकारले सहयोग गर्ने बताउदै प्रदेश सरकारले थाहालाई बिशेष महत्वको साथ हेरेको बताए साथै उनले गोरख संवत् को उपलक्ष्यमा सम्पुर्ण प्रदेशवासीहरुलाई शुभकामना दिनुहुदै गोरखनाथ मन्दिर आउने सडकको स्तरोन्नतिको लागि स्थानीय सरकारलाई डिपिआर सहित प्रदेश सरकार समक्ष आउन आग्रह गर्दै यस धार्मिक क्षेत्रमा सडक,र पाथिभरा मन्दिर जाने बाटो निर्माणको लागि आफुले सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरे।
कार्यक्रमको अवसरमा थाहा नगरपालिकाका नगर प्रमुख भरत गोपालीले गोरखनाथ मन्दिरलाई थाहा नगरपालिकाको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विभिन्न तरिकाले प्रचारप्रसार गरिरहेको बताउदै  मन्दिर सम्म आउने सडक र पुर्वाधारको लागि बजेट बिनियोजन गरिदिन मुख्यमन्त्री लामा संग अनुरोध गरे।
गोरखनाथ कल्याण केन्द्रका अध्यक्ष फणी प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखनाथ कल्याण केन्द्रका संरक्षक अनन्त प्रसाद खनाल,नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी,वडा न ११ का वडा अध्यक्ष दिनेश बल,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा गोरखनाथ कल्याण केन्द्र द्वारा पालुङमा निर्मित वायु मण्डलिय सक्तिपिठको निर्माणमा अतुलनीय योगदान दिएको भन्दै कल्याण केन्द्रले थाहा नगरका युवा समाजसेवी तथा निर्माण व्यावसायि राजन ढकाल र शम्भु सिं कार्कीलाई सम्मान  गरेको थियो।
ढकाल र कार्कीलाई प्रमुख अतिथी मुख्यमन्त्री लामाले दोसल्ला र सम्मानपत्र सहित सम्मानित गरेका थिए।

मुख्यमन्त्री लामाले आजै नेपाली काङ्ग्रेस थाहा नगरको पार्टी कार्यालय समेत उद्घाटन गरेका थिए ।
थाहा नगरपालिका वडा न ३ थाना बजारमा काङ्ग्रेस नगर कमिटिको कार्यालय उद्घाटन गरेका हुन ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०