Thursday, 3rd September, 2026
वि.स.

चन्द्रागिरी कार दुर्घटनाका मृतकको संख्या ५ पुग्यो (नामावलीसहित)

FB_IMG_1705138891716-1705-1705150683.jpg

चन्द्रगिरीमा कार दुर्घटनामा थप एक जनाकाे  मृत्यु भएकाे छ ।

थानकोट चित्लाङ सडकखण्डमा सेतो पहरा भीरमा शनिबार भएको कार दुर्घटनामा ५ जनाको मृत्यु भएकाहरूको पहिचान खुलेको हो।

दुर्घटनामा कार चालक डा. महेश कुमार गौतम, ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षकी कल्पना तिवारी र ४ वर्षका प्रियान्स गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै दुर्घटनामा गम्भीर घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको पनि उपचारको क्रममा मृत्यु भएको छ।उनकी आमा डा. सृष्टी तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट चित्लाङतर्फ आउँदै गरेको प्र.३–०१–२३ च ६९८५ नम्बरको निजी गाडी सेतो पहरा भन्ने ठाउँमा शनिबार दिउँसो दुर्घटना भएको थियो।

मृतकहरूको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif