nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चन्द्रागिरी कार दुर्घटनाका मृतकको संख्या ५ पुग्यो (नामावलीसहित)

FB_IMG_1705138891716-1705-1705150683.jpg

चन्द्रगिरीमा कार दुर्घटनामा थप एक जनाकाे  मृत्यु भएकाे छ ।

थानकोट चित्लाङ सडकखण्डमा सेतो पहरा भीरमा शनिबार भएको कार दुर्घटनामा ५ जनाको मृत्यु भएकाहरूको पहिचान खुलेको हो।

दुर्घटनामा कार चालक डा. महेश कुमार गौतम, ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षकी कल्पना तिवारी र ४ वर्षका प्रियान्स गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै दुर्घटनामा गम्भीर घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको पनि उपचारको क्रममा मृत्यु भएको छ।उनकी आमा डा. सृष्टी तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट चित्लाङतर्फ आउँदै गरेको प्र.३–०१–२३ च ६९८५ नम्बरको निजी गाडी सेतो पहरा भन्ने ठाउँमा शनिबार दिउँसो दुर्घटना भएको थियो।

मृतकहरूको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)