Wednesday, 17th June, 2026
वि.स.

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

gautam-1602585957.jpg

पछिल्लो २४ घण्टामा उपत्यकामा २१ सय २९ सहित २४ घण्टामा नेपालमा ३५ सय ५६ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र २१ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १७ सय ४६ जना रहेका छन्। 

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेशनमा २० हजार आठ सय ६७ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७९५ जना रहेका छन्। 

मंगलबार १५०३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ। यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६६३।पुगेको छ। 

मनाङबाहेक नेपालका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०