Saturday, 20th June, 2026
वि.स.

थप १२७ जनामा कोरोना पुष्टि

corona-virous-1613126701.jpg

 नेपालमा थप १२७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १२७ जना संक्रमित थपिएको जानकारी दिएको छ । यो संगै संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३६ जना संक्रमण मुक्त भएका छन् । यो संगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०५४ रहेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७०७ रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०