nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तथ्यांक विभागमा जागीर खुल्यो !

Central-bereau-of-statist-1605809418.jpg

केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका लागि तथ्यांक संकलक/डिजिटाइजर पदको आवेदन खुलाएको छ । स्थानीय तहहरूको गणना क्षेत्र नक्सा तयारीका लागि २२ जना संकलक/डिजिटाइजर करारमा नियुक्त गर्न लागेको हो ।

जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण वा प्रमाणपत्र (प्लस टु) उत्तीर्ण गरी तीन महिना जीआइएस सम्बन्धी काम गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

योग्य उम्मेदवारहरूलाई सात दिनभित्र विभागको प्रशासन शाखामा आवेदन दिन भनिएको छ । बढीमा आगामी फागुन मसान्त करार अवधी रहने यो पदका लागि मासिक पारिश्रमिक २८ हजार २०० तोकिएको छ ।

१२ जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भनिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)