Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ढुङ्गा गिटी बालुवा ठेक्कामा ‘खत्रा सेटिङ’, इ–विडिङ गर्न सत्तारुढ दलकै माग 

नेकपा सुनकोशी गाउँ कमिटिले आफ्नो गाउँपालिकाले गरेको ठेक्का प्रणालीलाई विद्युतीय ठेक्का गर्न माग गरेको छ । नेकपा सुनकोशी गाउँ कमिटीले विज्ञप्ती जारी गर्दै ढुङ्गा गिटी बालुवाको ठेक्का आह्वान पुनः विद्युतीय खरिद प्रणाली अपनाउन माग गरेको हो । गाउँपालिकाले प्रकाशन गरेको ठेक्कामा मिलेमतो भएको आशंका गर्दै पाटीले यस्तो माग गरेको हो । 

सुनकोशीमा नेकपाबाटै निर्वाचित दिपा बोहोरा (दाहाल) गाउँपालिका अध्यक्ष छिन् । गाउँपालिकाको उपाध्यक्ष पनि नेकपा बाटै निर्वाचित दिर्व सि‌ं मुक्तान मोक्तान छन् । उनी गाउँपालिकाको राजश्व परामर्श समितिकी संयोजक समेत हुन् । गाउँपालिकाको ठेक्कामा मिलेमतो हुन सक्ने भन्दै नेकपा गाउँ कमिटी अध्यक्ष रोमनराज गिरी र सचिव लोकवहादुर थापाले विज्ञप्ती जारी गरेको पुनः ठेक्का गर्न माग गरेका हुन् ।  आर्थिक वर्ष २०७७/०७८ मा सुनकोसी नदिको ढुङ्गा गिटी बालुवा–ठेक्का सुचना बिगतका बर्ष भन्दा कम दरमा ठेक्का लगाउन दररेट बनाउनु, र ई–विडिङलाई नअपनाएको भन्दै विज्ञप्ती मार्फत विरोध गरिएको छ ।

विज्ञप्तमिा भनिएको छ,–‘प्रक्रियाको समयमा प्रतिस्पर्धी कम्पनीहरुलाई सहभागी हुन नदिने, बिना प्रतिस्पर्धा न्युन मुल्यमा ठेक्का दिने दुसाहासगरी फमहरु मिली आएकोले गाउँपालिकाको आन्तरिक  आर्थिक स्रोतलाई क्षती पु¥याउने कामले पनि गम्भीर शंका उब्जाएको छ ।’ समग्र सुनकोसीको विकास र मनोाभवनामा  समेत असर गरेको भन्दै अन्तिम ठेक्का रोकी पुनः विद्युतीय टेन्डर आह्वान गर्नको लागि माग विज्ञप्तमिा माग गरिएको छ । 

नेकपाले मात्र होईन प्रतिपक्ष नेपाली कंग्रेसले पनि ठेक्कामा मिलेमतो भएको भन्दै विरोध गरेको छ । सुनकोसी नदी किनारका ढुंगा, गिटी र बालुवाको कर संकलनका लागि अघिल्ला बर्षहरुमा छ करोड ९६ लाख रुपैयासम्ममा ठेक्का लागेकोमा चालु आर्थिक बर्ष ०७७–०७८ मा तीन करोड २० लाख रुपैया लिन खोज्ने कम्पनीलाई दर्ता गर्न नदिई मिलेमतोमा एक करोड २० लाख रुपैयामा ठेक्का दिई गाँउपालिकालाई ठूलो बित्तिय खाडलमा पारेको उल्लेख छ ।

त्यसैगरी , जनाता समाजवादी पाटी जिल्ला समन्वय कमिटी सिन्धुलीले कोरोना महामारीको समयमा जनतालाई राहात दिनुपर्ने साटोे उल्टै विकास निमार्णमा गाउँपालिका आफैले बाधा अबरोध गरेको आरोप लागाएको छ । विभिन्न आर्थिक चलखेल गरी जनातालाई त्रसित र भ्रमित बनाएको छ । विकास निर्माणको विना टेन्डर जनप्रतिनीधी कै मिलेमलोमा आर्थिक लाभ हेरेर गर्ने गरेको उल्लेख गरिएको छ । सरोकारवालाहरुले उक्त ठेक्कामा विद्युतीय खरिद प्रणाली अपनाउन माग गरेका छन् । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०