Monday, 15th June, 2026
वि.स.

डिजेल र पेट्रोलको मूल्य घट्यो, ग्याँसको बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले  २० माघ राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

जस अनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँ घटाएको छ भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ, डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ र  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०