Monday, 15th June, 2026
वि.स.

डाक्टर श्रेष्ठको नेतृत्वमा ४ टोली गुम्बागाउँमा खटियो

  • थाहा टाइम्स

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बाका स्थानीयको स्वास्थ्य अवस्था गम्भीर नभएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले २९ माघमा एक विज्ञप्ति जारी गर्दै स्थानीयमा सामान्य ज्वरो, रुघाखोकीको लक्षण देखिएको र गम्भीर बिरामी नपाइको बताएका हुन्। 

उनले त्यहाँका कोही पनि व्यक्ति चीनमा आवतजावत नगरेकाले कोरोनाको संक्रमण देखिने सम्भावना नरहेको उल्लेख गरेका छन्। साथै उनले २९ माघ बिहानै आवश्यक औषधिरसामग्रीहरूसहितको स्वास्थ्यकर्मीको टोली पठाइएको पनि बताइएका छन्। उनले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीको टोलीले २९ माघमै साढे ११ बजेसम्म १५९ जना बिरामीको परीक्षण गरेको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार थप अध्ययन एवं प्रतिकार्य गर्न जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. पिताम्बर खनालसहितको टोली गुम्बामा पुगिसकेको छ। साथै थप अनुसन्धान तथा बिरामीको नमुना संकलन गर्नका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र चौतारा अस्पतालबाट डा. स्वेता श्रेष्ठको नेतृत्वमा ल्याब टेक्निसियनसहितको चारजनाको टोली गुम्बा परिचालन गरिएको मन्त्रालयले जनाएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०