Tuesday, 1st September, 2026
वि.स.

ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु

1-1604739821.jpg

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको छ ।

आम सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउन उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु भएको हो । उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियम सम्बन्धि विभिन्न गीतहरु बजाएर ट्राफिक नियमको बारेमा जानकारी दिइनेछ । ट्राफिक नियमबारे नागरिकलाई सुसुचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए ।

विश्वका अन्य देशहरुमा जस्तो विद्यालयमा शिक्षामा ट्राफिक नियम सम्बन्धि पाठ्यक्रम नसमेटिएको अवस्थामा ट्राफिक प्रहरीले आफ्नो पहलमा विभिन्न कार्यक्रम गर्दै सचेतना फैलाइरहेको उनले बताए । ट्राफिक उज्यालो अभियान, जथाभावि बाटो काट्नेलाई २० मिनेट कक्षा लिने अभियान, ठाउँ ठाउँमा सारङ्गी टोली घुमाउने र स्वयंसेवक समेत परिचालन गरी ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउने काम भइरहेको उनले बताए ।

पहिलो चरणमा काठमाडौं उपत्यकामा ५ स्थानहरु रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ । अभियानबाट प्रतिदिन तीन हजार र एक महिनामा तीन लाखलाई ट्राफिक नियम सम्बन्धि सचेतना जगाउने लक्ष्य ट्राफिक प्रहरीले लिएको छ । अहिले एक जना ट्राफिक प्रहरीले प्रतिदिन ११ सय सवारी हेर्नुपर्ने बाध्यता रहेको छ । करिब १२ लाख सवारी रहेको उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि १५ सय ट्राफिक प्रहरी कार्यरत रहेका छन् । केही समय अघि जनचेतनामुलक सन्देशसहित ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक डमी राखिएको थियो । त्यो अभियानले सकारात्मक सन्देश दिएको ट्राफिक प्रहरीको भनाइ छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif