nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ महोत्सवमा कृषि मेला प्रदर्शनी हुने

थाहा नगरपालिका वडा नं. ६ सरस्वती बजारमा संचालन हुने टिष्टुङ महोत्सव–२०७५ मा कृषि मेला प्रदर्शनी हुने भएको छ । थाहा नगरपालिका कृषि विकास शाखाको सहयोगमा प्रदशृनी हुने भएको हो । 

यहि असोज २४ देखि २७ गतेसम्म संचालन हुने महोत्सवमा कृषिजन्य उत्पादनहरुको स्पर्धा गराई  उत्कृष्ट घोषणा गरिने थाहा नगरपालिकाले जनाएको छ । प्रदर्शनीमा प्रतिस्पर्धाका लागि कृषिजन्य उत्पादन दर्ता यहि असोज २४ गते विहान १० बजेदेखि बेलुका ४ बजेसम्मगर्न सकिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रदर्शनमा कृष्जिन्य उपज पु¥याउँदा खाद्यन्न बालीतर्फ धान एक झुप्पा नै लैजानूपर्नेछ । त्यस्तै मकै २ बोट घोगा सहित, कोदो १ झुप्पा बनाई लैजान सकिने सूचनामा उल्लेख छ । त्यसैगरी  तरकारीबाली तर्फ २ वटा बोट फलसहित प्रदर्शनीमा लैजानू पर्नेछ भने फलफूल तर्फ एउटा फलेको हाँगा नै सहभागिताको लागि लैजानूपर्ने सूचनामा उल्लेख छ । 

प्रदर्शनीमा विविध अन्तर्गत मौरी, माछा र अन्य कृष्जिन्य वस्तु पनि सहभागिता गराउन पाइनेछ । मौरी सहभागिता गराउँदा गोला सहितको १ घार, माछा २ वटा पानी सहित र अन्य कृषिजन्य सामाग्रीहरु उत्पादन अनुसार सहभागिता गराउन सकिने आयोजकले जनाएको छ ।