thahatimes-ad-thekka-1731652826.jpg
Monday, 9th December, 2024
वि.स.

ज्योति बैंकका ग्राहकलाई टिस्टुङ रिसोर्टमा छुट

Screenshot_20240904_13055-1725434529.jpg

ज्योति विकास बैंकका ग्राहकहरुले मकवानपुरको थाहानगरस्थित टिस्टुङ रिसोर्टमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्बन्धी बैंक र रिसोर्टबीच सम्झौता भएको हो । सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा खाना तथा रुम चार्जमा १५ प्रतिशत र बेभरेजमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसभन्दा अघि काठमाडौंस्थित ट्रयाङक्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरुमा हरेक सेवा तथा सुविधाहरुमा ग्राहकहरुलाई ३० प्रतिशत सम्मको विशेष छुट दिने सम्झौता गरेको छ । साथै, संगम स्विट्स को कमलपोखरी आउटलेटमा १० प्रतिशत सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०