Monday, 20th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जलचर नमार्न थाहा नगरपालिकाको आग्रह, अटेर गरे कारबाही

1622264396_fish-1200x560-1727181436.jpg

आफ्नो क्षेत्रका नदी तथा खोलामा माछालगायत जलचर मार्ने वा समात्नेलाई कानूनबमोजिम कारबाही गरिने थाहा नगरपालिकाले जनाएको छ । ८ असोजमा एक सार्वजनिक सूचना प्रकाशन गरेर नगरपालिकाले जलचर मार्ने वा समात्ने कार्य नगर्न÷नगराउन आग्रह गरेको छ । 

नगरपालिका क्षेत्रका नदी तथा खोलामा रहेका जलचर संरक्षण गरिँदै आएको जनाउँदै नगरपालिकाले केही व्यक्तिहरुले करेन्ट तथा अन्य केमिकल प्रयोग गरी लुकीछिपी माछा पार्ने कार्य गर्दै आएको जानकारी प्राप्त भएको बताएको छ ।

नगरपालिकाले जलचर मारे वा समाते हुने दण्ड सजायसम्बन्धी कानूनी व्यवस्थाका बारे पनि स्मरण गराएको छ । बागमती प्रदेशको कानून अनुसार जलचर मार्ने तथा समात्ने कार्य गरेमा ५० हजारसम्म जरिवाना, जलचर ऐन अनुसार ६ महिनासम्म कैद वा ५ हजारसम्म जरिवाना र थाहा नगरपालिकाको कानून अनुसार पहिलो पटकका लागि ५ हजार नगद तथा पटके भएमा थप कारबाही गर्ने व्यवस्था छ । 

नगरपालिकाले नगर प्रहरीमार्फत् जलचर संरक्षणको लागि रातीको समयमा समेत निगरानी गरिरहेको जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०