nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जनस्वास्थ्यका कार्यक्रम सम्पादनमा थाहा नगरपालिका प्रथम

IMG_20231008_160524-1696760479.jpg

गत आर्थिक वर्षमा स्थानीय तहमा भएका जनस्वास्थ्यका कार्यक्रम सम्पादनमा थाहा नगरपालिका जिल्लामै उत्कृष्ट भएकाे छ । मकवानपुरका १० स्थानीय तहमा समान अंकका साथ मकवानपुर गढीसँगै थाहा नगरपालिका जिल्ला प्रथम भएकाे हाे ।

स्वास्थ्य कार्यालय मकवानपुरद्वारा १९ र २० असाेजमा हेटाैडामा सञ्चालित जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमकाे अन्त्यमा थाहा नगरपालिकालाई प्रथम घाेषणा गर्दै प्रशंसापत्र प्रदान गरिएकाे हाे ।

'जिल्लाकाे दशवटा स्थानीय तहहरुमध्ये मुख्य मुख्य सूचकको आधारमा थाहा नगरपालिका प्रथम हुन सफल भएकाे हाे, हामी निरन्तर सफलताकाे कामना गर्छाैँ' स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले भने ।

जिल्लामै उत्कृष्ट भएपछि प्रतिक्रिया दिँदै थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहा नगरपालिकाका नगरप्रमुखदेखि कर्मचारीसम्मलाई धन्यवाद व्यक्त गरेका छन् । थाहा नगरपालिकामा अझ बढी स्वास्थ्य सेवाको पहुँच पुर्याउन थप जिम्मेवारी थपिएको भन्दै उनले अझ बढि प्रगतिका लागि सामूहिक जिम्मेवारीकासाथ कृयाशील रहने प्रतिबद्धता जनाए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)