Thursday, 3rd September, 2026
वि.स.

चौँथो थाहा महोत्सवको स्टल बुकिङ खुल्यो 

Thaha-mahotsab-stall-book-1697696690.jpg

आगामी १४ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने चौँथो थाहा महोत्सवका लागि स्टल बुकिङ खुलेको छ । थाहा नगर उद्योग वाणिज्य संघमा आवद्ध भएकालाई ३० प्रतिशत छुट हुनेगरी स्टल बुकिङ खुल्ला गरिएको हो । 

करिव २०० स्टल अनुमान गरिएको महोत्सवमा स्टल बुकिङ गर्दा ५० प्रतिशत रकम अग्रिम भुक्तान गर्नुपर्ने थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ । संघद्वारा जारी सूचना अनुसार पशुपालन, डेरी, कृषि सामग्री तथा औजार, घरेलु हस्तकला, हर्वल तथा जडिबुटीका लागि रु. १४,००० शुल्क तोकिएको छ । 

त्यसैगरी कस्मेटिक, घडी, चश्मा, ब्लाङ्केट, व्याग, पर्स, बेल्ट, ट्याटु, मोबाइल कभर, जुत्ता, चप्पल, बैंक, वित्तीय संस्था, गैरसरकारी संस्था, भाँडा, फेन्सी तथा रेडिमेड सामानहरुका लागि रु. २५,००० शुल्क तोकिएको संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । 

बहुराष्ट्रिय उद्योग र होटल तथा रेष्टुरेन्टका लागि रु. ५०,००० तोकिएको छ । स्टलमा प्रदर्शकले स्टलको अतिरिक्त २ं थान कुर्शी, १ थान टेबल तथा विद्युतीय सुविधा पाउने आयोजकले जनाएको छ । 

महोत्सवको मुख्य आयोजक थाहा नगर उद्योग वाणिज्य संघ रहेको छ भने थाहा नगरपालिका आयोजक रहेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif