Thursday, 3rd September, 2026
वि.स.

चित्लाङ आउँदै गरेकाे गाडी भीरबाट खस्याे, २ काे मृत्युु

Chandragiri_Van_Accident-1690540976.jpg

थानकोटबाट चित्लाङ आउँदै गरेको भ्यान दुर्घटना भएको छ।

शुक्रबार मध्यान्ह थानकोट-चित्लाङ सडकअन्तर्गत सेतो पहरा नजिकबाट भ्यान भीरबाट खस्दा मानवीय क्षति समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । भ्यान भीरबाट खसेर सडकमा नै आइपुगेको छ।

गाडीमा पाँच जना सवार रहेको बताइएको छ।

घटनास्थलमा थानकोट वृत्तका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीसहितको टोलीले उद्दार गरिरहेको छ । उद्दार कार्यका लागि स्थानीयहरू सहित नेपाली सेनाको टोली समेत परिचालित छ ।

दुर्घटनास्थलमा उद्दार कार्य जारी रहेकोले थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
 

अपडेट
प्राप्त पछिल्लो विवरण अनुसार दुर्घटनामा २ जनाको ज्यान गएको पुष्टी भएको छ।

प्रहरीका अनुसार बा १० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ  भ्यानमा सवार ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।

सो भ्यानमा कपडा बेच्ने समुहका सदस्यहरू रहेको खुलेको छ ।

श्राेत : थानकाेट टाइम्स



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif