nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ–थानकोट सुरुङ मार्ग : याेजना कार्यान्वयनकाे अख्तियारी ललितपुर कार्यालयलाई

संघीय सरकारअन्तर्गत भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चित्लाङ–थानकोट सुरुङ मार्ग विकास कार्यक्रम हेर्ने अख्तियारी ललितपुर जिल्ला यातायात कार्यालयलाई दिएको छ । 

आर्थिक वर्ष २०७८/७९ का लागि सुरुङ मार्ग विकास कार्यक्रम अन्तर्गत्का २३ वटा सुरुङ मार्गको योजना सञ्चालन गर्ने अख्तियारी ललितपुरलाई दिएको हो । उक्त २३ वटा सुरुङ मार्गमध्ये गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ सुरुङ मार्ग पनि परेकाे छ । यसको लागि रु. १० लाख बजेट विनियोजन गरिएको छ ।

सडक विभागले स्वीस सरकारकाे आर्थिक तथा प्राविधिक सहयाेगमा थानकाेट-चित्लाङ सुरुङ मार्गकाे सम्भाव्यता अध्ययन शुरु गरिसकेकाे छ ।  अध्ययनकाे अन्तिम प्रतिवेदनकाे तयारी भइरहेकाे विभागले जनाएकाे छ ।

आर्थिक वर्ष २०७८/७९ मा डिपिआर तयार पार्ने गरी काम अघि बढाउने बताइएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)