Thursday, 3rd September, 2026
वि.स.

चित्लाङ–थानकोट सुरुङ मार्ग : याेजना कार्यान्वयनकाे अख्तियारी ललितपुर कार्यालयलाई

संघीय सरकारअन्तर्गत भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चित्लाङ–थानकोट सुरुङ मार्ग विकास कार्यक्रम हेर्ने अख्तियारी ललितपुर जिल्ला यातायात कार्यालयलाई दिएको छ । 

आर्थिक वर्ष २०७८/७९ का लागि सुरुङ मार्ग विकास कार्यक्रम अन्तर्गत्का २३ वटा सुरुङ मार्गको योजना सञ्चालन गर्ने अख्तियारी ललितपुरलाई दिएको हो । उक्त २३ वटा सुरुङ मार्गमध्ये गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ सुरुङ मार्ग पनि परेकाे छ । यसको लागि रु. १० लाख बजेट विनियोजन गरिएको छ ।

सडक विभागले स्वीस सरकारकाे आर्थिक तथा प्राविधिक सहयाेगमा थानकाेट-चित्लाङ सुरुङ मार्गकाे सम्भाव्यता अध्ययन शुरु गरिसकेकाे छ ।  अध्ययनकाे अन्तिम प्रतिवेदनकाे तयारी भइरहेकाे विभागले जनाएकाे छ ।

आर्थिक वर्ष २०७८/७९ मा डिपिआर तयार पार्ने गरी काम अघि बढाउने बताइएको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif