nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

खाने होइन त कुलेखानीको माछा ? बिक्री खुल्यो !

Maxa-3-1600391399.jpg

इन्द्रसरोवर मत्स्य व्यवसायी संघले माछा बिक्री सुरु गरेको छ ।

कोभिड १९ को कारण जोखिम बढेपछि इन्द्रसरोवर गाउँपालिकाले गाउँपालिका भित्र माछा बिक्री सहित विभिन्न कार्य सञ्चालनमा रोक लगाएपछि बन्द भएको माछा बिक्री कार्य १ असोजबाट पुनः सुरु भएको इन्द्रसोवर मत्स्य व्यवसायी संघका अध्यक्ष गोपाल भ्लोनले बताए ।

स्वास्थ्यका मापदण्ड अपनाई इन्द्रसरोवरको कुलेखानी कलंकी बिक्री केन्द्र र मार्खु बिक्री केन्द्रबाट बिक्री सुरु गरिएको छ । पुनः बिक्री सुरु गरेको पहिलो दिनमै आज १ कुइन्टल माछा निस्किएको उनले जानकारी दिए ।

र, योपनि पढ्नुहोस् ।

कुलेखानीमा सामुिहक माछापालन : अवसरै अवसर



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।