nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कैलाश गाउँपालिकामा उपाध्यक्षसहित ३५ जनामा कोरोना पुष्टि

corona-photo-1620372562.jpg

कैलाश गाउँपालिकामा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैशाख २३ गते ७५ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङलाई समेत कोरोना पुष्टि भएको उनले बताइन् । उनले भनिन्, ‘२३ गते गाउँपालिकामा गरेको परिक्षणमा म लगायत मेरो घरका सदस्यलाई कोरोना पुष्टि भएको छ । हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ । हामी होम क्वारेनटाइनमा छौ ।’

कोरोना पुष्टि हुनेमा ८ वर्ष देखि ८३ वर्ष उमेर समुहका रहेको कैलाशका स्वास्थ्य संयोजक श्याम सुन्दर महतोले बताए । कोरोना हुनेमा भिमफेदी गाउँपालिका वडा नं। ९ का महिला ५ जना र पुरुष ७ जना, कैलाश गाउँपालिका वडा नं। ९ का महिला ७ जना र पुरुष १४ जना, कैलाश गाउँपालिका वडा नं। १० का पुरुष २ गरि जम्मा ३५ जनामा संक्रमण देखा परेको छ । हाल सबैको स्वास्थ स्थिति सामान्य रहेको र संक्रमित सबै होम क्वारेन्टिनमा रहेको महतोले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)