Saturday, 20th June, 2026
वि.स.

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

accident-new-1609917727.jpg

दाङमा एम्बुलेन्सको ठक्करबाट मंगलबार एकजनाको मृत्यु भएको छ । एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक तुलसीपुर उपमहानगरपालिका–८, दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१झ १०२ नम्बरको एम्बुलेन्सले रा४प १५६६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका पोखरेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०