Tuesday, 1st September, 2026
वि.स.

एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ

CIB-nepal-1604393659.jpg

अवैध कारोबार हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी)को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए । पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल छन् । रकमबारे थप अनुसन्धान जारी रहेको डीआईजी थापाले बताए । मित्तलद्वय दाजुभाइ हुन् । उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ ।पौडेलचाहिँ मित्तलका सहयोगी हुन् ।

ब्युरोका डीआईजी सहकुल थापाले मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको जानकारी दिए । बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको सीआईबीले आशंका गरेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif