Wednesday, 17th June, 2026
वि.स.

एकैदिन पाँच हजार ८ जनालाई कोरोना

covide-1602326909.jpg

नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा एक लाख पाँच हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४  जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ।

त्यस्तै काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनामा संक्रमण पुष्टि भएको हो। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०