Saturday, 20th June, 2026
वि.स.

ईन्द्रायणी मावि आग्राको अध्यक्षमा कार्की 

RR-1613049041.jpg

थाहा नगरपालिका वडा नम्बर ८ मा रहेको इन्द्रायणी मावि आग्राको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः सुमन कार्की निर्विरोध निर्वाचित भएका छन् । 

विद्यालयमा २९ माघमा भएको अभिभावक भेलाले कार्कीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीको प्रमुख आतिथ्यमा भएको भेलाले रमेश सेन्चुरीलाई शिक्षक अभिभावक संघको अध्यक्षमा चयन गरेको छ ।

कार्यक्रममा थाहा–८ का वडाध्यक्ष टिकाराम रुम्बा, प्रधानाध्यापक नारायण बहादुर कार्कीलगायता जनप्रतिनीधिहरु, शिक्षक र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०