Friday, 19th June, 2026
वि.स.

इन्द्रसरोवरलाई सम्पादित कामहरुको व्यवस्थित अभिलेखिकण गर्न सुझाव 

indrasarowar-(4)-1607046179.jpg

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ रघुनाथ खुलालले स्थानीयतहहरमा भएका कामहरुको व्यवस्थित अभिलेखिकणमा ध्यान दिन सुझाव दिएका छन् । जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिकको अनुगमन तथा समिक्षाका क्रममा उनले गाउँपालिकामा भएका कामहरुको व्यवस्थित अभिलेखिकण गर्न सुझाव दिए ।  

प्रमुख खुलालले स्थानीय तहहरुमा थुप्रै कामहरु भएका छन्, तर, ती कामहरुको अभिलेखिकरण र सार्वजनीकिकरण नहुूँदा भोली के गरेँ भन्ने कुरा भन्न नसकिने अवस्था आउने हुँदा समयकै त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताए । हिजोका दिनमा स्थानीय तहहरुमा कर्मचारी अभावका कारण पनि अभिलेखिकरण गर्न नसकिएको भए पनि अब त्यस्तो अवस्था नरहेको भन्दै सबै कामको व्यवस्थित अभिलेख राख्न सुझाव दिए ।  

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले प्रष्ट र व्यवस्थित अभिलेखिकरणसंगै कार्यालय व्यवस्थापनमा समेत स्थानीय तहहरुले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलले पहिलो चौमासिकमा योजना तयारीको अवस्था, अघिल्लो आर्थिक वर्षमा योजना सम्पन्न गर्दा आइपरेका नितिगत र कानुनी प्रकृया र समस्याका बारेमा जानकारी लिएका थिए ।  

कार्यक्रममा गाउँपालिका अध्यक्ष जीवन लामाले काम गर्दा नजानीकन नै कमी कमजोरीहरु हुने हुँदा जिससबाट गरिने अनुगमले सुधार गर्ने अवसर मिल्ने हुँदा समय समयमा अनुगमन गर्न आग्रह गरे ।  केहि कमी कमजोरी भएका भए पनि सुधारका लागि अनुगमनले टेवा पुग्ने उनको भनाई थियो । उनले गाउँपालिकामा प्रकृया बाहिर गएर कुनै पनि कामहरु नभएको भन्दै केहि कमि कमजोरी भएकाम सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।  

कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा पहिलो चौमासिकमा गर्नुपर्ने कामहरु –योजना सम्झौता, उपभोक्ता समिति गठान) लगायतका काम सम्पन्न भएको जानकारी दिईएको थियो । गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल ४३ करोड ४७ लाख ८२ हजार बराबरको बजेट पारित गरेको मध्ये हालसम्म करीब ८ प्रतिशत खर्च भईसकेको प्रमुख प्रशासकिय अधिकृत किरण नीधि तिवारीले जानकारी दिए ।  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा, जिल्ला समन्वय सदस्य देवराज रिमाल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायत गाउँपलिकाका कर्मचारीहरुको सहभागिता थियो ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०